शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

सरकारी निकायसँग समन्वय नमिल्दा विद्युतीय तार भूमिगत गर्ने काम लम्बियाे : घिसिङ

बिहीबार, २५ साउन २०८०, १४ : ५२
बिहीबार, २५ साउन २०८०

काठमाडौँ । कुलमान घिसिङले विद्युतको तार भूमिगत गर्नेकाममा ढिलासुस्ती भएको स्वीकार गरेका छन् । प्राधिकरणको नेतृत्व सम्हालेको २ वर्ष पुगेको उपलक्ष्यमा आयोजित कार्यक्रममा बोल्दै उनले विद्युतको तार भूमिगत गर्ने काममा ढिलासुस्ती भएको स्वीकारेका हुन् ।

प्राधिकरणले काठमाडौँ, ललितपुर र भरतपुरमा तार भूमिगत गर्ने योजना अघि बढाइरहेको छ । ‘विद्युत वितरण प्रणालीलाई भूमिगत गर्ने कार्य अन्तरसरकारी निकायबीचको समन्वयका कारण ढिलाई भएपनि समयमै सकिन्छ,’ उनले भने ।
यस्तै, विद्युत महशुल भुक्तानी लगायतका कामका लागि एनईए एप सुधार गरेर सञ्चालनमा ल्याएको घिसिङले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप