नेमारमाथि बार्सिलोनादेखि अमेरिकी क्लबसम्मको आँखा
काठमाडौँ । ब्राजिलियन स्टार नेमारले फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) छाडन चाहेको समाचार प्रकाशमा आए लगत्तै थुप्रै क्लबले उनीमाथि आँखा लगाउन सुरु गरेका छन् । ३१ वर्षीय स्ट्राइकर नेमारले यस विषयमा पीएसजीका पदाधिकारीहरूसँग पनि कुरा गरिसकेका छन् ।
नेमार पीएसजी छोडन चाहने दोस्रो प्रभावशाली खेलाडी हुन् । यसअघि २४ वर्षीय फ्रान्सेली स्ट्राइकर एमबाप्पेले पनि पीएसजी छोडने घोषणा गरिसकेका छन् । पीएसजी छोडेर नेमार अर्को स्पेनिस ‘पावर हाउस’ बार्सिलोनामा आबद्ध हुन चाहेको समाचारमा जनाइएको छ ।
नेमारले यसअघि पनि सन् २०१३ देखि सन् २०१७ सम्म चार वर्ष बार्सिलोनाबाट खेलेका थिए । त्यतिबेला उनले बार्सिलोनलाई दुईवटा घरेलु लिगको उपाधि चुमाउन महत्त्वपूर्ण योगदान गरेका थिए । चार वर्षको अवधिमा नेमारले बार्सिलोनाबाट एक सय २३ खेल खेल्दै ६८ गोल गरेका थिए ।
तर, पछिल्लो समय नेमार मेजर लिग सकर क्लबमा आबद्ध हुने समाचार पनि प्रकाशमा आएको छ । अमेरिकाको लस एन्जल्स फुटबल क्लबले नेमारलाई भित्राउन चासो देखाएको छ । अर्जेन्टिनी स्टार लियोनल मेसी पनि बार्सिलोनाबाट पीएसजी हुँदै हाल अमेरिकी क्लब इन्टर मियामीमा आबद्ध भएका छन् ।
यसका अतिरिक्त साउदी अरेबियाको क्लबले पनि नेमारमाथि चासो देखाएका छन् । नेमारका प्रतिनिधिले साउदी क्लबसँग छलफल नै अगाडि बढाइसकेको पनि समाचारमा जनाइएको छ । तर, साउदी क्लबको नाम भने सार्वजनिक गरिएको छैन ।
नेमारले हालसम्म पीएसजीका लागि ८२ गोल गरिसकेका छन् । उनले ४८ वटा गोलका लागि पास पनि उपलब्ध गराएका छन् । नेमारले हालसम्म विभिन्न क्लबबाट ब्यवसायीक फुटबल खेल्दै दुई सय ३५ खेलमा एक सय ५० गोल गरेका छन् । उनले ८३ गोलका लागि पास उपलब्ध गराएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीको प्राविधिक समूहमा सईबाट वरिष्ठ सईमा बढुवा सिफारिस
-
इच्छाराज तामाङको बदमासीले सिभिल मलमा स्वामित्वको चक्रव्यूह
-
लागुऔषध खैरो हेरोइनसहित १० जना पक्राउ
-
भारत भ्रमणबाट फर्किएपछि रविले भने, ‘परराष्ट्र नीति पार्टीको हुँदैन, देशको हुन्छ’
-
‘तपाईं प्रधानमन्त्री बन्ने हल्ला छ नि ?’ भन्ने प्रश्नमा रविले दिए यस्तो जवाफ
-
रमा तिवारीको हत्यामा संलग्न आरोपमा भारतीय युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण