कांग्रेस सहमहामन्त्री यादवले भने– शर्मालाई अबिलम्ब रिहा गर्नुपर्छ
काठमाडौँ । नेपाली कांग्रेसका सह–महामन्त्री महेन्द्र यादवले सांसद सुनील शर्मालाई अबिलम्ब रिहा गर्न माग गरेका छन् । कांग्रेस सांसद शर्मालाई गृहमन्त्रीको राजीनामा मागेको भन्दै राजनीतिक पूर्वाग्रह साध्न पक्राउ गरिएको उनको आरोप छ ।
‘अबिलम्ब रिहा गर्नुपर्छ । राजनीतिमा प्रतिशोध साध्न पाइँदैन । सुनील शर्मालाई पक्राउ गर्नु गलत हो,’ सहमहामन्त्री यादवले भने ।
सांसद शर्माको सर्टिफिकेट पहिले किन जाँच गरिएन भन्दै उनले प्रश्न उठाएका छन् । ‘उहाँको सर्टिफिकेट किन जाँच गरिएन ? पहिला सर्टिफिकेट जाँच भइसकेको थियो,’ उनले रातोपाटीसँग भने, ‘अहिले उहाँले गृहमन्त्रीको राजीनामा माग्यो भन्दैमा समातिदिने ? यो प्रतिशोधको भावना भयो ।’
आईएस्सीको शैक्षिक प्रमाणपत्र नक्कली भेटिएको भन्दै प्रहरीले बिहीबार शर्मालाई पक्राउ गरेको थियो ।
सिनामंगलस्थिति काठमाडौँ मेडिकल कलेज र विराटनगरको नोबेल मेडिकल कलेजका सञ्चालकसमेत रहेका शर्मा मोरङ–३ बाट प्रतिनिधिसभामा सदस्य निर्वाचित भएका थिए । शर्माले क्विन्टल सुन तस्करी प्रकरणलाई जोडेर गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री प्रकाशशरण महतको राजीनामा माग गरिरहेका थिए ।
उनको पक्राउप्रति कांग्रेस नेता अर्जुननरसिंह केसी, अजयबाबु शिवाकोटी लगायतले प्रश्न उठाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिराेले अवरुद्ध चितवन तर्फको सडक खुल्यो, धादिङतर्फ अझै अवरुद्ध
-
बर्नहम बन्दै छन् बेलायतका नयाँ प्रधानमन्त्री : यस्तो छ सत्ता हस्तान्तरण प्रक्रिया
-
कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तार : एक वर्षमा १७ हजारभन्दा बढी सेवा
-
शुक्लाफाँटा निकुञ्जमा च्याउ खोज्न गएका ३ जनाको सकुशल उद्धार, १४ जना अझै बेपत्ता
-
साउनको पहिलो सोमबार गोकर्णेश्वर मन्दिरमा भक्तजनको घुइँचो
-
बसपार्कको गेस्ट हाउसमा २५ वर्षीया युवतीको शव फेला, हत्या आशङ्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण