आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

कांग्रेस सहमहामन्त्री यादवले भने– शर्मालाई अबिलम्ब रिहा गर्नुपर्छ

शुक्रबार, २६ साउन २०८०, ११ : १४
शुक्रबार, २६ साउन २०८०

काठमाडौँ । नेपाली कांग्रेसका सह–महामन्त्री महेन्द्र यादवले सांसद सुनील शर्मालाई अबिलम्ब रिहा गर्न माग गरेका छन् । कांग्रेस सांसद शर्मालाई गृहमन्त्रीको राजीनामा मागेको भन्दै राजनीतिक पूर्वाग्रह साध्न पक्राउ गरिएको उनको आरोप छ । 

‘अबिलम्ब रिहा गर्नुपर्छ । राजनीतिमा प्रतिशोध साध्न पाइँदैन । सुनील शर्मालाई पक्राउ गर्नु गलत हो,’ सहमहामन्त्री यादवले भने ।  

सांसद शर्माको सर्टिफिकेट पहिले किन जाँच गरिएन भन्दै उनले प्रश्न उठाएका छन् ।  ‘उहाँको सर्टिफिकेट किन जाँच गरिएन ? पहिला सर्टिफिकेट जाँच भइसकेको थियो,’ उनले रातोपाटीसँग भने, ‘अहिले उहाँले गृहमन्त्रीको राजीनामा माग्यो भन्दैमा समातिदिने ? यो प्रतिशोधको भावना भयो ।’ 

आईएस्सीको शैक्षिक प्रमाणपत्र नक्कली भेटिएको भन्दै प्रहरीले बिहीबार शर्मालाई पक्राउ गरेको थियो । 

सिनामंगलस्थिति काठमाडौँ मेडिकल कलेज  र विराटनगरको नोबेल मेडिकल कलेजका सञ्चालकसमेत रहेका शर्मा मोरङ–३ बाट प्रतिनिधिसभामा सदस्य निर्वाचित भएका थिए । शर्माले क्विन्टल सुन तस्करी प्रकरणलाई जोडेर गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री प्रकाशशरण महतको राजीनामा माग गरिरहेका थिए ।

उनको पक्राउप्रति कांग्रेस नेता अर्जुननरसिंह केसी, अजयबाबु शिवाकोटी लगायतले प्रश्न उठाएका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप