कांग्रेस संसदीय दलको बैठकका ७ एजेण्डा तय
काठमाडौँ । कांग्रेस संसदीय दलको बैठकका सात एजेण्डा तय भएको छ। शुक्रबार नयाँ बानेश्वरस्थित संसद भवनको लोत्से हलमा बसिरहेको बैठकमा ७ एजेण्डा तय भएको हो ।
जसअनुसार संसदको अवरोध खुलाउने, संसदमा विचाराधिन र प्रस्तुत हुनुपर्ने आवश्यक विधेयकबारे छलफलको एजेण्डा तय गरिएको छ ।
यस्तै चालु आर्थिक वर्षको बजेट पारित भइसकेको सन्दर्भमा यसको प्रभावकारी कार्यान्वयन, संघीय संसदमा नेपाली कांग्रेसको प्रभावकारी भूमिका, सरकारलाई अनुरोध गर्ने विषय पनि छलफलको एजेण्डा रहेको छ ।
सरकारलाई अनुरोध गर्ने विषय अन्तरगत अविरल वर्षाका कारण बढीपहिरोले गर्दा भएको धनजन क्षति, उद्दार, राहत एवं पुनर्स्थापना, पशुचौपायामा लागेको लम्पी स्किन रोगका कारण भएको क्षति, सोको रोकथाम तथा किसानहरुलाई राहत, देशका विभिन्न भागमा फैलिएको डेंगु र एडिनो भाइरस कन्जन्टिभाइटिस (आँखा पाक्ने) रोग रोकथाम तथा उपचार महंगी, प्रभावकारी सेवा प्रभाव र सुशासन जस्ता विषयलाई समेटिएको छ ।
यस्तै विविध र शोक प्रस्तावहरु पनि एजेण्डामा समेटिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण