शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

कांग्रेस संसदीय दलको बैठक सुरु

शुक्रबार, २६ साउन २०८०, १३ : ५१
शुक्रबार, २६ साउन २०८०

काठमाडौँ । नेपाली कांग्रेसको संसदीय दलको बैठक सुरु भएको छ । शुक्रबार  दिउँसो १ : ४५ बजेबाट नयाँ बानेश्वरस्थित संसद भवनको लोत्से हलमा बैठक बसिरहेको छ । अवरुद्ध सदन खुलाउने, सदनमा विचाराधीन रहेका विधेयक, नयाँ विधेयकका सन्दर्भमा छलफल गर्न बैठकको एजेन्डा रहेको संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले बताए ।

उनका अनुसार बैठकमा आगामी दिनमा संसद्मा कांग्रेसको भूमिका र जनजीविकाका मुद्दाबारे छलफल भइरहेको छ । बैठकले डेङ्गु रोगको रोकथाम, आँखा पाक्ने रोगको उपचार, पशुलम्कीस्किन रोग नियन्त्रणबारेमा सरकारको ध्यानाकर्षण गराइने लेखकको भनाइ छ । सांसद सुनील शर्मा पक्राउको विषय एजेन्डामा नरहेपनि बैठकमा केही सांसदले उठाइरहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप