मतदानमार्फत जनप्रतिनिधिको मूल्यांकन गर्दै जनमत पार्टी
काठमाडौँ । जनमत पार्टीले मतदानमार्फत जनप्रतिनिधिको मूल्यांकन गर्ने भएको छ । त्यसका लागि निर्वाचित स्थानीय जनप्रतिनिधिको पार्टीभित्र पनि चुनावबाट जनमत संकलन गरिँदैछ ।
‘स्थानीय तहमा निर्वाचित भएपछि कति काम भयो र काम गराईबाट जनता सन्तुष्ट छन् कि छैनन्, उसको व्यवहार कस्तो छ लगायतका विषयमा मूल्यांकन गर्न पार्टीभित्र पनि मतदान गर्ने प्रक्रिया अप्नाएका छौं’ पार्टीका उपाध्यक्ष वसन्त कुशवाहाले भने, ‘पार्टीभित्रकै नेताहरुले मतदान गरिरहेका छन् । पार्टीका जो सक्रिय सदस्य छन् उसले मात्र पतदान गर्न पाउने नियम छ ।’
जनप्रतिधिकिो मूल्यांकनका लागि १० हजार भन्दा बढी मतदाता रहेको उनले बताए । स्थानीय चुनावमा जनमत पार्टीका तर्फबाट दुईवटा पालिका अध्यक्ष, एक उपाध्यक्ष र १९ वडाअध्यक्षसहित ९७ जना जनप्रतिनिधि निवौचित भएका थिए ।
पार्टीभित्र हुने मतदानमा जसको कमजोर नतिजा आउँछ उसलाई एक वर्षको लागि मौका दिइने समेत कुशवाहाले जानकारी दिए । ‘एक वर्षपछि पुनः यसै गरि मतदान हुन्छ । एक वर्षमा सुधार गर्न सकिएन भने त्यसपछि कारवाहीको प्रकृया अगाडि बढाइन्छ’ उनले भने । नेपालमा यो अभ्यास गर्ने जनमत पहिलो पार्टी हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्वाचन विधेयकले कानुनी रूप लिएपछि धेरै कुरा समेटिने छ : आयुक्त तुलाधर
-
नेपाल अर्बपतिहरूको गन्तव्य बन्न सक्छ : अर्थमन्त्री
-
अभाव हटे पनि निगम किन बेच्दैन भरी सिलिन्डर ?
-
बागमती प्रदेशलाई सङ्घ सरकारको १५ अर्ब २१ करोड अनुदान
-
अत्यधिक बिदा स्वीकृत गरेपछि सल्यान र जाजरकोटका गुल्मपति फिर्ता बाेलाइए
-
कांग्रेस सदस्यता अभियान : ७ लाख ८२ हजारमध्ये ४ लाख १७ हजारले पाए ‘एनसीआईडी’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण