सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

मतदानमार्फत जनप्रतिनिधिको मूल्यांकन गर्दै जनमत पार्टी

शनिबार, २७ साउन २०८०, ११ : ५७
शनिबार, २७ साउन २०८०

काठमाडौँ । जनमत पार्टीले मतदानमार्फत जनप्रतिनिधिको मूल्यांकन गर्ने भएको छ । त्यसका लागि निर्वाचित स्थानीय जनप्रतिनिधिको पार्टीभित्र पनि चुनावबाट जनमत संकलन गरिँदैछ । 

‘स्थानीय तहमा निर्वाचित भएपछि कति काम भयो र काम गराईबाट जनता सन्तुष्ट छन् कि छैनन्, उसको व्यवहार कस्तो छ लगायतका विषयमा मूल्यांकन गर्न पार्टीभित्र पनि मतदान गर्ने प्रक्रिया अप्नाएका छौं’ पार्टीका उपाध्यक्ष वसन्त कुशवाहाले भने,  ‘पार्टीभित्रकै नेताहरुले मतदान गरिरहेका छन् । पार्टीका जो सक्रिय सदस्य छन् उसले मात्र पतदान गर्न पाउने नियम छ ।’ 

जनप्रतिधिकिो मूल्यांकनका लागि १० हजार भन्दा बढी मतदाता रहेको उनले बताए । स्थानीय चुनावमा जनमत पार्टीका तर्फबाट दुईवटा पालिका अध्यक्ष, एक उपाध्यक्ष र १९ वडाअध्यक्षसहित ९७ जना जनप्रतिनिधि निवौचित भएका थिए । 

पार्टीभित्र हुने मतदानमा जसको कमजोर नतिजा आउँछ उसलाई एक वर्षको लागि मौका दिइने समेत कुशवाहाले जानकारी दिए । ‘एक वर्षपछि पुनः यसै गरि मतदान हुन्छ । एक वर्षमा सुधार गर्न सकिएन भने त्यसपछि कारवाहीको प्रकृया अगाडि बढाइन्छ’ उनले भने ।  नेपालमा यो अभ्यास गर्ने जनमत पहिलो पार्टी हो ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप