शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

१३४ केजी गाँजासहित २ जना पक्राउ

शनिबार, २७ साउन २०८०, १४ : १४
शनिबार, २७ साउन २०८०

सिन्धुली । सिन्धुलीमा गाँजासहित २ जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय भिमानले शनिबार १३४ केजी गाँजासहित २ जनालाई पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा गाडी चालक रौतहट राजदेवी नगरपालिका ७ बस्ने  २२ को विकासप्रसाद यादव र सोही गाडीका यात्रु रौतहट गौरनगरपालिका ५ बस्ने २४ वर्षीय अभयकुमार गुप्ता रहेका छन् ।

चेकजाँचको क्रममा काठ्माण्डौंबाट रौतहटतर्फ जाँदै गरेको भारतीय नम्बर प्लेटको विआर ०६ पिए ६१६४ नम्बरको बोलेरो गाडीमा लुकाएर ल्याइएको गाँजा र बोलेरसहित उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जानकारी दिएको  छ ।

पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भैरहेको प्रहरीको भनाइ छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप