१३४ केजी गाँजासहित २ जना पक्राउ
शनिबार, २७ साउन २०८०, १४ : १४
सिन्धुली । सिन्धुलीमा गाँजासहित २ जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय भिमानले शनिबार १३४ केजी गाँजासहित २ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा गाडी चालक रौतहट राजदेवी नगरपालिका ७ बस्ने २२ को विकासप्रसाद यादव र सोही गाडीका यात्रु रौतहट गौरनगरपालिका ५ बस्ने २४ वर्षीय अभयकुमार गुप्ता रहेका छन् ।
चेकजाँचको क्रममा काठ्माण्डौंबाट रौतहटतर्फ जाँदै गरेको भारतीय नम्बर प्लेटको विआर ०६ पिए ६१६४ नम्बरको बोलेरो गाडीमा लुकाएर ल्याइएको गाँजा र बोलेरसहित उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जानकारी दिएको छ ।
पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भैरहेको प्रहरीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन बुँदे सहमतिले नेकपालाई सरकार बनाउन सहज, एमालेलाई असहज !
-
परीक्षा सुरु भएको ६ मिनेटमै त्रिवि एमबीएसको प्रश्नपत्र बाहिरियो
-
डा. गाेविन्द केसी र सरकारी टोलीबिच आइतबार वार्ता हुने
-
कांग्रेसको बाटो : अतीतमुखी राजतन्त्र कि भविष्यमुखी गणतन्त्र ?
-
काेशीमा एमालेबाटै मुख्यमन्त्री बन्ने निश्चित, हिक्मत कार्कीको निरन्तरता कि राजीनामा ?
-
सात प्रदेशमध्ये एमाले र नेकपाको तीन प्रदेशमा मात्रै सहज बहुमत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण