कर्णालीका स्वतन्त्र सांसद शाही कांग्रेसमै फर्किए, आफू सक्कली कांग्रेस भएको दाबी
सुर्खेत । कर्णाली प्रदेशका स्वतन्त्र सांसद देवेन्द्रबहादुर शाही पार्टीमा फर्किएका छन् । पार्टीले कारबाही फुकुवासँगै केन्द्रीय कमिटीले अनुगमन गरेसँगै शाही नेपाली कांग्रेसमै फर्किएका हुन् ।
शनिबार कांग्रेस जुम्ला कमिटीले शाहीलाई स्वागत गरेको थियो । जुम्ला निर्वाचन क्षेत्र (क) बाट निर्वाचित उनी प्रदेश सभा निर्वाचनमा पार्टीले टिकेट नदिएपछि स्वतन्त्र भएर चुनाव लडेका थिए । उनले कांग्रेसकै प्रदेश सभापति ललितजंग शाहीलाई नै पराजित गरेका थिए ।
प्रदेश सभापति शाहीले उनलाई पार्टीमा ल्याउनै चाहेका थिएनन् । यद्यपि सांसद शाही भने आफू जुम्लामा सक्कली कांग्रेस भएको र आफ्नो रगतमा पनि कांग्रेस नै भएको बताउँदै आएका थिए । रातोपाटीसँग कुरा गर्दै शाहीले आफू सधैँ कांग्रेस भएकोले र कारबाही फुकुवासँगै पार्टीमा फर्किएको जानकारी दिए ।
साथै उनले चुनावको बेलामा आफूलाई पार्टीले अन्याय गरेको बताए । ‘म सँग जनमत टन्नै थियो तर, पार्टीले अन्याय गरेपछि विद्रोह गर्नुपरेको थियो,’ उनले भने,‘चुनाव जितेर विद्रोहको औचित्य पनि त पुष्टि गरे नि !’
साथै उनले चुनावताका आफूले कांग्रेस त्यागेको नभई पार्टीले अन्याय गरेको कारण बाध्य भएर स्वतन्त्र उम्मेदवार भएको भनेर भोट मागेको पनि बताए ।
जुम्लामा संस्थापन पक्षबाट प्रदेश सभापति शाही र इत्तरपक्षबाट सांसद शाहीको आन्तरिक लडाइँ हुने गरेको छ ।
सांसद शाही पार्टीमा फर्किएसँगै प्रदेश सभामा कांग्रेस सांसदको सङ्ख्या १५ पुग्ने भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा महाधिवेशन : विदेशबाट पनि मतदान गर्न मिल्ने
-
खाली पेट खानै हुन्न लिची
-
बाढी पहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध
-
चोरी गर्न जाँदा चोरिएकै गाडी प्रयोग, युवक पक्राउ
-
वैदेशिक रोजगारीमा रहेका श्रमिकको अवस्था अनुगमन गर्न म्यानपावर कम्पनीहरूलाई विभागको निर्देशन
-
पोल्यान्ड र युक्रेनबिच कूटनीतिक टकराव : जेलेन्स्कीको राजकीय सम्मान फिर्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण