सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
सिँचाइ विभागमा ताला लगाउने निर्माण व्यवसायीमाथि प्रहरीको धरपकड, तस्बिरहरू
फोटोफिचर

सिँचाइ विभागमा ताला लगाउने निर्माण व्यवसायीमाथि प्रहरीको धरपकड, तस्बिरहरू

आइतबार, २८ साउन २०८०

काठमाडौँ । सरकारी कार्यालयमा ताला लगाई धर्ना दिने तेस्रो चरणको आन्दोलनको कार्यक्रमअन्तर्गत नेपाल निर्माण व्यवसायी महासंघले जावलाखेलस्थित सिँचाइ विभाग ताला लगाइदिएका छन् । निर्माणको रकम भुक्तानी नगरेको भन्दै व्यवसायीहरू आन्दोलनरत छन् ।

व्यवसायीहरूले ताला लगाउँदै धर्नामा बसेपछि प्रहरीले उनीहरूको आन्दोलनमा हस्तक्षेप गरेको थियो । प्रहरीले निर्माण व्यवसायीहरूलाई पक्राउ गरी त्यहाँबाट हटाएका छन् ।

यसअघि दोस्रो चरणको आन्दोलन अन्तरगत निर्माण व्यवसायीहरूले बालुवाटारदेखि संसद् भवन अगाडि धर्ना दिएका थिए । अध्यक्ष रवि सिंहले व्यवसायीहरूले सही प्रश्न उठाएको जानकारी हुँदासमेत सरकार बेखबर बनेको आरोप लगाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया