अर्थमन्त्री महतले भने–सुन तस्करीमा मेरो संलग्नताको प्रमाण देखाए अहिले नै पद छाड्छु
काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले सुन प्रकरणमा आफ्नो संलग्नता देखिएको प्रमाण ल्याए पदमा नबस्ने बताएका छन् ।
आइतबार बसेको कांग्रेस संसदीय दलको बैठकमा अर्थमन्त्री महतले भने ‘यो पदमा बसेर मैले गलत गरेँ भन्ने हो र ? प्रमाण दिनुहुन्छ भने म अहिले देखि नै यो ठाउँमा बस्दिनँ । अहिले नै पद छाड्छु ।’
आफूमाथि व्यर्थको लाञ्छना लगाएर अनावश्यक शंका गर्ने काम भएको उनले गुनासो गरे । ‘मेरो दाइ र मेरो संस्कार छ । कसैलाई म मन पर्दैन, मलाई पनि मन नपर्न सक्छ,’ उनले भने, ‘म केटाकेटीदेखि नै एउटा संस्कारमा हुर्किएर आएको मान्छे हुँ । ममाथि व्यर्थको लाञ्छना लगाउने काम भयो । यो ममाथि भएको व्यक्तिगत प्रहार हो । ममाथि अनावश्यक शंका गर्ने र त्यही विषयलाई लिएर प्रचार गर्ने काम भयो ।’
आफूले कुनै पनि विषयमा स्वार्थ नसाँधेको उनले बैठकमा सुनाए । ‘मैले लोभलालच राखेको भए मैले अरु अनेक गरेर लिन सक्थेँ । करका दरदेखि लिएर विगतमा कत्ति मन्त्रीहरुले स्वार्थ साँधेर गलत गरेका उदाहरणहरु छन् । तर मैले कुनै पनि विषयमा स्वार्थ साँधेको छैन । अनि यो सुनको विषय त मेरो कल्पनाभन्दा बाहिरको विषय हो,’ उनले भने ।
अर्थमन्त्री महत आफूमाथि सार्वजनिक टिप्पणीमा उत्रिएका सांसद सुनील शर्मामाथि खनिएका थिए । ‘मलाई लठ्ठु, बेकामे मान्छे भनियो । कसले भन्यो, किन भनियो म भन्दिनँ । पार्टीमा अनुशासन, मर्यादा छैन ?,’ कांग्रेस प्रवक्तासमेत रहेका महतले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय चर्चित गायक सानले नेपालमा साङ्गीतिक प्रस्तुति दिने
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण