‘वानर सेना’को क्यानडामा विशेष प्रदर्शन हुने
काठमाडौंँ । फिल्म ‘वानर सेना’को क्यानडामा विषेश प्रदर्शन हुने भएको छ । यहि अगष्ट १९ र २० तारिखमा फिल्मको क्यानडाको विनिपेग फिल्म ग्रुप थिएटरमा विशेष शो हुन लागेको निर्माता युवराज गिरीले जानकारी दिए ।
आगामी असोज २६ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ग्राण्ड फिल्मस्को प्रस्तुतीमा निर्माण भएको हो । अर्पण गिरी (अरमान जंग)ले निर्देशन गरेको फिल्ममा गिरीका अलवा आरजु प्रसाई, किशोर खतिवडा, सुरवीर पण्डीत, अर्जुन गुरुङ, किशन बाबु बस्नेत, राजन निरौला, सुनिता श्रेष्ठ, सुरेश साहु, कमला बिष्ट, रमेश सोडारी, युवराज गिरी, राहुल यादव, ज्ञानेन्द्र थापा, बिशाल बराल, बालकलाकार मास्टर अमित पौडेल र विषेश भुमिकामा कामेश्वर चौरासिया र तेजस्वी बास्कोटाले अभिनय छ ।
प्रेमकथा र सामसामायिक बिषयवस्तुमा निर्माण भएको बताइएको फिल्ममा विनोद सापकोटाको छायांकन, निर्देशक गिरीकै संगीत, नारायण रिजालको कोरियोग्राफी, शंकर महर्जन र आरके श्रीको द्धन्द्व निर्देशन छ , फिल्म नेपालमा करण श्रेष्ठ को रिच इन्टरटेनमेन्ट र एफडी कम्पनीले वितरण गर्दैछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण