माधव नेपाललाई प्रश्न : सत्ता समीकरण फेरबदल हुनसक्छ ?
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सत्ता समीकरण फेरबदलबारे आफूलाई कुनै जानकारी नभएको प्रतिक्रिया दिएका छन् ।
सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुन तस्करी प्रकरणको विषयलाई लिएर सत्तारुढ दल कांग्रेसकै कतिपय नेताहरूले सत्ता समीकरणमा फेरबदल हुन सक्ने दिएको अभिव्यक्तिबारे सोधिएको प्रश्नमा नेता नेपालले पार्टीहरूभित्र त्यसप्रकारका कुरा उठे पनि आफूलाई त्यसबारे अहिले नै कुनै जानकारी नभएको बताएका हुन् ।
‘यस सम्बनधमा मलाई कुनै जानकारी छैन । पार्टीहरूभित्र कुराकानीहरू उठ्न पनि सक्छ । विषयवस्तुहरू अनेक ढङ्गले उठाइएको हुनसक्छ’, पूर्व प्रधानमन्त्री समेत रहेका नेपालले भने, ‘यसको आधिकारिक जवाफ यो विषय उठाउने पार्टीका मान्छेहरूले दिन सक्नुहुन्छ ।’
उनले आफू नेपाल आएपछि कांग्रेस लगायतका नेताहरूसँग भेटघाट गर्ने र त्यसपछिमात्र धेरै कुरा थाहा हुने बताए ।
‘अब म यहाँ आएको छु । नेपाली कांग्रेस लगायत विभिन्न पार्टीका नेताहरूसँग भेटघाट होला । उहाँहरूको कुरा सुनिसकेपछि मात्रै बल्ल बताउन सक्छु’, अध्यक्ष नेपालको भनाइ छ ।
अध्यक्ष नेपालले सुन तस्करी प्रकरणमा आयोगको माग गर्दै प्रमुख प्रतिपक्ष दलले संसद् अवरोध गरिरहेको प्रसङ्गमा लामो समय संसद् अवरुद्ध गर्दा जनताका समस्यामा छलफल हुन नसक्ने भएकाले अवरोध खुलाउनुपर्ने धारणा राखे । संसदबाटै समस्याको समाधान खोज्नुपर्नेमा नेता नेपालको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण