मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

युरोप भ्रमण छोट्याएर माधव नेपाल स्वदेश फिर्ता

सोमबार, २९ साउन २०८०, १० : ४०
सोमबार, २९ साउन २०८०

काठमाडौँ । नेकपा एकीकृत समाजावादीका अध्यक्ष माधव कुमार नेपाल युरोपका विभिन्न देशको भ्रमण छोट्याएर  स्वदेश फर्किएका छन् । 

अध्यक्ष नेपाल युरोपका विभिन्न देशहरू स्विजरल्याण्ड, स्पेन क्रोएसिया र बेलायतका देशको भ्रमणका लागि गत साउन २२ गते त्यसतर्फ गएका थिए । प्रवासी नेपाली एकता मञ्च युरोपले आयोजना गर्ने कार्यक्रममा सहभागी भएर नेता नेपाल भदौ १ गते स्वदेश फर्कने कार्यतालिका रहेपनि उनी चार दिनअघि नै स्वदेश फर्किएका हुन् । 

ललिता निवास, सुन प्रकरण लगायतका घटनाक्रमहरु विकसित भएकाले स्वदेश फर्कन पार्टीकै नेताहरूले आग्रह गरेपछि पुर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपाल भ्रमण छोट्याएर फर्किएको पार्टी नेताहरूले जनाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप