मोदीको पत्रकार सम्मेलन
४५ बुँदे कार्यप्रगति सार्वजनिक गर्दै मन्त्रालयबाट बिदा भए मोदी (पूर्णपाठसहित)
सोमबार, २९ साउन २०८०, १५ : ००
काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट अमनलाल मोदी बिदा भएका छन् । माओवादी केन्द्रको निर्णयअनुसार उनलाई फिर्ता बोलाएर जनमतलाई सो मन्त्रालय दिइएसँगै मोदी सोमबार मन्त्रालयबाट औपचारिक रुपमा बिदा भएका हुन् ।
मन्त्रालयमा आयोजित बिदाइ पत्रकार सम्मेलनमा मोदीले आफ्नो कार्यकालमा गरेका ४५ बुँदे कार्यप्रगति सार्वजनिक गरे ।
जसमा संघीय निजामती सेवा सम्बन्धी विधेयकको मस्यौदा मन्त्रिपरिषद्मा पेश गरिएको उल्लेख गरिएको छ ।
यस्तै निर्माणजन्य सामग्रीको व्यवस्थापन तथा नियमन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक मन्त्रिपरिषद्मा पेश गरिएको, केबुलकार निर्माण तथा सञ्चालन सम्बन्धी नमुना कार्यविधि तयार गरिएको, विभिन्न स्थानीय तहमा स्थलगत रुपमा कार्यसम्पादन सहजीकरण गरिएकोलगायत ४५ बुँदामा मोदीले आफ्नो कार्यप्रगति सार्वजनिक गरेका छन् ।




खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण