भारतीय कांग्रेस नेता रणदीपले भने, ‘भाजपालाई भोट दिनेहरू राक्षस प्रवृत्तिका हुन्छन्’

भारतको कांग्रेस नेताले भारतीय जनता पार्टीलाई भोट दिनेहरूलाई राक्षस प्रवृत्तिको बताएका छन् । हरियाणाको कैथलमा कांग्रेस नेता रणदीप सुरजेवालाले भनेका छन्, ‘जसले बिजेपीलाई भोट हाल्छन् र बिजेपीका समर्थक हुन्, उनीहरू राक्षसी प्रकृतिका हुन्छन् ।’
रणदीप सुरजेवाला आइतबार हरियाणाको कैथलमा कांग्रेसको ‘जन आक्रोश र्याली’ लाई सम्बोधन गर्दै थिए । सुरजेवालाले आफ्नो भाषणमा भने, ‘जागिर नदिनुहोस् तर कम्तीमा जागिरमा बस्ने मौका त दिनुहोस् ।’
सुरजेवालाले जनसभालाई सम्बोधन गर्दै भने, ‘युवाको भविष्यलाई मनोहर लाल खट्टर र दुष्यन्त चौटाला मन्डीमा बोली लगाएर बेचिरहेका छन् । जागिर नदिनुहोस्, कमसेकम जागिरमा बस्ने मौका दिनुहोस्, त्यो पनि खोस्छन्। भारतीय जनता पार्टीलाई जसले भोट दिन्छन् र जसले भाजपालाई समर्थन गर्छन्, उनीहरू राक्षस प्रकृतिका हुन्छन् । म आज महाभारतको धर्तीबाट उनीहरूलाई श्राप दिन्छु ।’
यसै र्यालीमा कांग्रेस विधायक किरण चौधरीले भने, ‘बिजेपी–जेजेपी सरकारले महिला, किसान र गरिबको थालीबाट रोटी खोस्ने काम गर्यो । किसानलाई तरकारीको मूल्य दिइएको छैन । लागतमा दोब्बर नाफा दिएको छैन ।’
‘गृहिणी महँगीको मारले चिन्तामा छन् । यसपटक गुलियो चक्की चुस्ने होइन, राज लिएर आउनुपर्छ । राज त्यति बेला आउनेछ जब एकजुट भएर कांग्रेसलाई बलियो बनाउँछौँ ।’
#WATCH | In Kaithal, Haryana, Congress MP Randeep Surjewala says, "...Those who vote for BJP and are BJP supporters are of 'raakshas' (demons) tendency. I curse from this land of Mahabharat..."
— ANI (@ANI) August 14, 2023
(13.08.2023) pic.twitter.com/IGuouzalbS
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धराप फुटपाथमा जोखिमपूर्ण यात्रा (तस्बिरहरू)
-
सिन्धु सम्झौता उल्लंघन गरे भारतमाथि आक्रमण गर्ने पाकिस्तानी रक्षामन्त्रीको चेतावनी
-
गोवामा जात्राको क्रममा भागदौड, ७ जनाको मृत्यु, घाइते २० को अवस्था गम्भीर
-
जनप्रतिनिधि र कर्मचारीका छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउन निर्देशन
-
अस्ट्रेलियामा आम चुनावको मतदान सुरु
-
२५ दिनमा सकियो ‘अभिमन्यु’को छायाङ्कन