एमाले प्रदेश अधिवेशनको मिति हेरफेर, कुन प्रदेशको कहिले ?
काठमाडौँ । नेकपा (एमाले) ले नयाँ नेतृत्व चयनका लागि सातवटै प्रदेशको अधिवेशन मिति टुंगो लगाएको छ ।
सोमबार एमाले पार्टी मुख्यालय च्यासलमा बसेको सचिवालयको बैठकले प्रदेश अधिवेशनहरु भदौ १६ देखि असोज २२ गतेसम्मलाई तोकेको हो ।
एमाले सचिव योगेश भट्टराईका अनुसार सोमबार बसेको केन्द्रीय सचिवालय बैठकले आगामी भदौ १६ बाट सुरु गरी असोज २२ गतेसम्म सबै प्रदेशका अधिवेशन सम्पन्न गर्ने गरी प्रदेश कमिटीको अधिवेशन मिति तय भएको हो ।
सचिव भट्टराईका अनुसार लुम्बिनी प्रदेशको अधिवेशन सबैभन्दा पहिला भदौ १६,१७ हुनेछ भने सुदूरपश्चिम प्रदेशको अधिवेशन सबैभन्दा पछि असोज २१ र २२ मा हुनेछ ।
यस्तै असोज ५ र ६ गते मधेस प्रदेश, असोज ८ र ९ गते बागमती प्रदेश, १० र ११ गते कर्णाली प्रदेशको अधिवेशनको मिति तय भएको छ । असोज १२ र १३ गते कोशी प्रदेश, असोज १५ र १६ गते गण्डकी प्रदेश तथा १९ र २० गते उपत्यका विशेष प्रदेशको अधिवेशन मिति तोकिएको सचिव भट्टराईले जनाएका छन् ।
प्रदेशहरुको अधिवेशन उद्घाटन अध्यक्ष केपी शर्मा ओलीले गर्नेछन् । एमालेले प्रदेश अधिवेशनमा प्रदेश कमिटी अध्यक्षदेखि सदस्यसम्म प्रतिनिधि चुनिएर आउनुपर्ने मापदण्ड बनाएको छ । अधिवेशनमार्फत एमालेले यसअघि भद्दा र ठुला रहेका कमिटीहरू छरितो बनाउने दाबी गरेको छ । यसअघि भदौ महिनाभित्र अधिवेशन सक्न एमालेले प्रदेश कमिटीहरुलाई निर्देशन दिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेनमा रुसी आक्रमण, ९ जनाको मृत्यु
-
४५ वर्षमा २३ सयभन्दा बढी गोही नदीमा छाडियो
-
आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै मधेस प्रदेश सरकार
-
महिला टी-२० विश्वकपमा पाकिस्तानलाई हराउँदा कप्तान हरमनप्रीतले रचिन् इतिहास
-
‘गंगा रानी’का रोशन बन्दै वर्षाको जोडी
-
अस्ट्रेलियाको रोमान्चक जितसँगै बंगलादेशको क्लिन स्विप गर्ने सपना अधुरै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण