अखिल क्रान्तिकारीको इन्चार्जमा हिमाल शर्मा
सोमबार, २९ साउन २०८०, १५ : ०८

काठमाडौँ । नेकपा माओवादी केन्द्रले विद्यार्थी संगठनको इन्चार्ज परिवर्तन गरेको छ। यसअघि अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) को इन्चार्ज हितमान शाक्य रहेकामा पार्टीले उनको ठाउँमा हिमाल शर्मालाई इन्चार्जको नयाँ जिम्मेवारी दिएको हो ।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) को इञ्चार्ज हिमाल शर्मालाई दिने गरी माओवादीले सोमबार मातहतको कमिटीमा सर्कुलर पठाएको हो ।
अखिल क्रान्तिकारीको नेतृत्वमा हाल पञ्चा सिंह रहेकी छन् भने पवन कार्की नेतृत्वको अर्को समूहले पनि समानान्तर गतिविधि गर्दै आएको छ । शर्मासामु अब यी दुई समूहलाई मिलाएर लैजाने दायित्व आइलागेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा एक वर्षमा दश करोड बढीको भन्सार छलीका सामान बरामद
-
तिनाउ खोलामा डुबेर भारतीय नागरिक बेपत्ता
-
खोलाले बगाउँदा महिलाको मृत्यु
-
राजेश हमाललाई शुभकामना दिँदै दीपकराजले भने– ‘संस्कार मैले राम्ररी बुझेको छु ’
-
दाङका विभिन्न वन क्षेत्रमा सात बाघ फेला
-
नेपाल क्लियरिङ्ग हाउस लिमिटेडको अध्यक्षमा उप्रेती नियुक्त