अखिल क्रान्तिकारीको इन्चार्जमा हिमाल शर्मा
सोमबार, २९ साउन २०८०, १५ : ०८
काठमाडौँ । नेकपा माओवादी केन्द्रले विद्यार्थी संगठनको इन्चार्ज परिवर्तन गरेको छ। यसअघि अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) को इन्चार्ज हितमान शाक्य रहेकामा पार्टीले उनको ठाउँमा हिमाल शर्मालाई इन्चार्जको नयाँ जिम्मेवारी दिएको हो ।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) को इञ्चार्ज हिमाल शर्मालाई दिने गरी माओवादीले सोमबार मातहतको कमिटीमा सर्कुलर पठाएको हो ।
अखिल क्रान्तिकारीको नेतृत्वमा हाल पञ्चा सिंह रहेकी छन् भने पवन कार्की नेतृत्वको अर्को समूहले पनि समानान्तर गतिविधि गर्दै आएको छ । शर्मासामु अब यी दुई समूहलाई मिलाएर लैजाने दायित्व आइलागेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण