एमालेको प्रदेश अधिवेशनका लागि प्रतिनिधि चयनको मापदण्ड र क्षेत्र निर्धारण
काठमाडौँ । नेकपा एमालेले प्रदेश अधिवेशनका लागि प्रतिनिधि चयनको मापदण्ड र क्षेत्र निर्धारण गरेको छ । सोमबार बसेको पार्टी सचिवालयको बैठकले प्रतिनिधि चयनका लागि पालिकालाई निर्वाचन क्षेत्र तोकेको छ ।
यस्तै कमिटीमा युवा सहभागिताको सुनिश्चितता गर्नुपर्ने निर्णय पनि गरेको प्रचार विभाग सचिव गगन विष्टले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । सो अनुसार प्रदेशमा १० प्रतिशत, जिल्लामा १५ प्रतिशत, पालिकामा २० प्रतिशत र वडा र टोलमा एकतिहाई युवा प्रतिनिधित्वको सुनिश्चित गरिएको उनको भनाइ छ ।
एमालेले आगामी असोज मसान्तसम्म सम्पन्न गर्ने गरी कार्यतालिका बनाएको छ । जसअनुसार भदौ १६–१७ मा लुम्बिनी, असोज ५–६ मा मधेश, असोज ८–९ मा बागमती, असोज १०–११ मा कर्णाली, असोज १२–१३ मा कोशी, असोज १५–१६ मा गण्डकी, असोज १९–२० मा उपत्यका विशेष र असोज २१–२२ मा सुदूरपश्चिम प्रदेशको अधिवेशन गर्ने निर्णय गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेनमा रुसी आक्रमण, ९ जनाको मृत्यु
-
४५ वर्षमा २३ सयभन्दा बढी गोही नदीमा छाडियो
-
आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै मधेस प्रदेश सरकार
-
महिला टी-२० विश्वकपमा पाकिस्तानलाई हराउँदा कप्तान हरमनप्रीतले रचिन् इतिहास
-
‘गंगा रानी’का रोशन बन्दै वर्षाको जोडी
-
अस्ट्रेलियाको रोमान्चक जितसँगै बंगलादेशको क्लिन स्विप गर्ने सपना अधुरै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण