आरती साहका परिवारलगायत २५ जनालाई रिहा गर्न सञ्जालको माग
सोमबार, २९ साउन २०८०, २० : ५७
काठमाडौँ । शान्तिपूर्ण धर्नामा बसी न्यायको माग गर्दा आरती साहका परिवार लगायत २५ जनालाई प्रहरीले पक्राउ गरेको घटनाप्रति मानव अधिकार रक्षकहरूको राष्ट्रिय सञ्जालले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । हाल अनामनगर प्रहरी वृत्तमा राखिएका उनीहरूलाई बिना सर्त तत्काल रिहाइ गर्न सञ्जालले माग गरेको हो ।
धनुषा नगराइन–८ खिरखिरया निवासी २५ वर्षीय आरती साहको दाइजोको कारण परिवारबाट नै हत्या भएको माइती पक्षको दाबी छ । साहको माइती पक्षद्वारा घटनाको सत्यतथ्य एवं निष्पक्ष छानबिन हुनुपर्ने माग राखी विगत ५९ दिनदेखि माइतीघर मण्डलामा लगातार २४ घण्टे धर्नामा बसिरहेका छन् ।
तर पनि, उनीहरूको मागको सुनुवाइ भएको छैन । उनीहरूको उचित मागको सम्बोधन गरी न्याय प्राप्त हुने वातावरण सुनिश्चित गर्न पनि सञ्जालले सरकार समक्ष जोडदार माग गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
-
‘संगीत व्यावसायिक बन्दैछ, तैपनि कलाकारका दुःख सकिएनन्’
-
पाँचथरमा तीन सडक खण्ड ठप्प : कुन सडकको अवस्था कस्तो छ?
-
बजेटमा समेटिएका आयोजना निर्धारित समयभित्र सम्पन्न हुनुपर्छ : मन्त्री श्रेष्ठ
-
दुर्घटनामा परे हर्क साम्पाङ, स्वास्थ्य अवस्था सामान्य
-
हराएको सिमकार्डबाट मोबाइल बैंकिङ ह्याक, २४ लाख ठगी गर्ने दुई युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण