आरती साहका परिवारलगायत २५ जनालाई रिहा गर्न सञ्जालको माग
सोमबार, २९ साउन २०८०, २० : ५७
काठमाडौँ । शान्तिपूर्ण धर्नामा बसी न्यायको माग गर्दा आरती साहका परिवार लगायत २५ जनालाई प्रहरीले पक्राउ गरेको घटनाप्रति मानव अधिकार रक्षकहरूको राष्ट्रिय सञ्जालले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । हाल अनामनगर प्रहरी वृत्तमा राखिएका उनीहरूलाई बिना सर्त तत्काल रिहाइ गर्न सञ्जालले माग गरेको हो ।
धनुषा नगराइन–८ खिरखिरया निवासी २५ वर्षीय आरती साहको दाइजोको कारण परिवारबाट नै हत्या भएको माइती पक्षको दाबी छ । साहको माइती पक्षद्वारा घटनाको सत्यतथ्य एवं निष्पक्ष छानबिन हुनुपर्ने माग राखी विगत ५९ दिनदेखि माइतीघर मण्डलामा लगातार २४ घण्टे धर्नामा बसिरहेका छन् ।
तर पनि, उनीहरूको मागको सुनुवाइ भएको छैन । उनीहरूको उचित मागको सम्बोधन गरी न्याय प्राप्त हुने वातावरण सुनिश्चित गर्न पनि सञ्जालले सरकार समक्ष जोडदार माग गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
-
शिक्षा उपसमितिले आज विद्यालय शिक्षा विधेयकको प्रतिवेदन समितिलाई बुझाउने
-
शान्ति श्री र गौरवको 'लजाउने हैछौनि'मा मिस पवीकाे अभिनय
-
कस्तो रहला तपाईँको यो साता ? हेर्नुहोस् साप्ताहिक राशिफल
-
अझै सकिएन धरहराको पूर्ण निर्माण, अवशेषलाई झनै बेवास्ता !
-
आईपीएल क्रिकेट : वर्षाका कारण खेल रद्द भएपछि कोलकाताको प्लेअफ सम्भावना समाप्त