कक्षा १२ को नतिजामा अंग्रेजी विषयमा विद्यार्थी कमजोर
मङ्गलबार, ३० साउन २०८०, १८ : ३५
काठमाडौँ । कक्षा १२ को नतिजामा सबैभन्दा कमजोर अंग्रेजी विषयमा देखिएको छ । आज सार्वजनिक गरेको नतिजा अनुसार अंग्रेजी विषयमा सबैभन्दा बढी विद्यार्थीको एनजी आएको छ ।
अंग्रेजीमा १ लाख ९ हजार ५२७ विद्यार्थीको नतिजा एनजी आएको बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले बताए । कक्षा १० को नतिजा हेर्दा गणित विषयमा धेरै विद्यार्थी कमजोर देखिएका थिए । तर, कक्षा १२ को नतिजाको हकमा भने अंग्रेजीमा सबैभन्दा बढी विद्यार्थीको एनजी आएको हो ।
धेरै विद्यार्थीहरू अंग्रेजी विषयमा कमजोर दिएको र अन्य विषयमा कम विद्यार्थीको एनजी आएको अध्यक्ष शर्माले बताए ।
त्यस्तै नेपाली विषयमा ३८ हजार विद्यार्थीको एनजी आएको छ । गणित विषयमा भने ७ हजार ९०३ विद्यार्थीले एनजी ल्याएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल
-
केन्द्रीय कारागारका कैदीलाई सामाखुसीको होटलमा लगेर मासु र बियर
-
कपिलवस्तुमा सर्पको टोकाइबाट एक युवतीको मृत्यु
-
सर्वोच्चको फैसला कार्यान्वयन गर्न केले रोक्यो ?
-
गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु
-
कुशलको नाममा अर्को शतक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण