गायक अरिजीत सिंह नेपाल आउँदै, टिकट ४ हजार रुपैयाँबाट सुरु
काठमाडौँ । भारतीय गायक अरिजीत सिंह, आफ्नो प्रस्तुति दिन नेपाल आउने भएका छन् । आयोजक ग्यारेज इन्टरटेनमेन्ट र एम.एन. प्रोडक्सनका अनुसार “अरिजीत सिंह लाइभ ईन नेपाल” मंसिर ९ गते शनिबार हायात ग्राउन्ड चाबहिलमा आयोजना हुने तय भएको छ।
आफ्नो सुमधुर आवाज र सङ्गीतका धनी अरिजीत सिंह नेपाली श्रोताहरूमाझ पनि निकै रुचाइएका गायकमा पर्दछन् । भारतीय पार्श्व गायकका रूपमा परिचित अरिजीत सिंह “तुम ही हो”, “केसरिया”, “झुमे जो पठान”, “खैरियत”, “अपना बना ले” जस्ता थुप्रै लोकप्रिय हिन्दी गीतहरूका लागि परिचित छन्।
ग्यारेज इन्टरटेनमेन्ट र एम.एन. प्रोडक्सन द्वारा आयोजित यस कार्यक्रमले नेपालको मनोरञ्जनको क्षेत्रमा ठुलो योगदान गर्ने विश्वास रहेको आयोजकको भनाई छ ।
विगतका दिनहरूमा पनि यस्तै थुप्रै कार्यक्रम हरू आयोजना गर्दै आएको र आगामी दिनहरूमा पनि यस क्षेत्रलाई थप उचाइमा पुर्याउनका लागि मद्दत गर्ने आयोजकले बताए।
“अरिजीत सिंह लाइभ ईन नेपाल” को साधारण टिकट मूल्य रु. ४००० बाट सुरु हुने तथा थप सुविधाहरू सहित अरू टिकट दरहरू समेत उपलब्ध हुने आयोजक ले जनाएका छन् । मंगलबारबाट बिक्री खुल्ला हुने सो टिकट खल्ती डिजिटल वालेट बाट मात्रै खरिद गर्न सकिने छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमती प्रदेशमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण