गायक अरिजीत सिंह नेपाल आउँदै, टिकट ४ हजार रुपैयाँबाट सुरु

काठमाडौँ । भारतीय गायक अरिजीत सिंह, आफ्नो प्रस्तुति दिन नेपाल आउने भएका छन् । आयोजक ग्यारेज इन्टरटेनमेन्ट र एम.एन. प्रोडक्सनका अनुसार “अरिजीत सिंह लाइभ ईन नेपाल” मंसिर ९ गते शनिबार हायात ग्राउन्ड चाबहिलमा आयोजना हुने तय भएको छ।
आफ्नो सुमधुर आवाज र सङ्गीतका धनी अरिजीत सिंह नेपाली श्रोताहरूमाझ पनि निकै रुचाइएका गायकमा पर्दछन् । भारतीय पार्श्व गायकका रूपमा परिचित अरिजीत सिंह “तुम ही हो”, “केसरिया”, “झुमे जो पठान”, “खैरियत”, “अपना बना ले” जस्ता थुप्रै लोकप्रिय हिन्दी गीतहरूका लागि परिचित छन्।
ग्यारेज इन्टरटेनमेन्ट र एम.एन. प्रोडक्सन द्वारा आयोजित यस कार्यक्रमले नेपालको मनोरञ्जनको क्षेत्रमा ठुलो योगदान गर्ने विश्वास रहेको आयोजकको भनाई छ ।
विगतका दिनहरूमा पनि यस्तै थुप्रै कार्यक्रम हरू आयोजना गर्दै आएको र आगामी दिनहरूमा पनि यस क्षेत्रलाई थप उचाइमा पुर्याउनका लागि मद्दत गर्ने आयोजकले बताए।
“अरिजीत सिंह लाइभ ईन नेपाल” को साधारण टिकट मूल्य रु. ४००० बाट सुरु हुने तथा थप सुविधाहरू सहित अरू टिकट दरहरू समेत उपलब्ध हुने आयोजक ले जनाएका छन् । मंगलबारबाट बिक्री खुल्ला हुने सो टिकट खल्ती डिजिटल वालेट बाट मात्रै खरिद गर्न सकिने छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायली सेनाले रोक्यो गाजातर्फ गइरहेको जहाज
-
फिल्म ‘सोल्टिनी’ को पहिलो गीत ‘सत्य जुगैको’ सार्वजनिक
-
सदन अवरोध हटाउन कांग्रेसको मध्यमार्गी प्रस्ताव, प्रतिपक्षी दलहरू छलफलमा
-
जन्मदिन मनाउन व्यस्त छन् राजेश हमाल : कति पुग्यो उमेर ?
-
स्वरूपराज आचार्यले स्वर दिएको नयाँ गीत सार्वजनिक
-
वाईसीएललाई प्रचण्डको निर्देशन : ‘प्रतिक्रियावादी र प्रतिगमनकारीविरुद्ध खरो रूपमा उभिनुहोस्’