बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

अनौपचारिक क्षेत्रका श्रमिकलाई पनि सामाजिक सुरक्षा योजनामा समेटिने

बुधबार, ३१ साउन २०८०, ०९ : ०७
बुधबार, ३१ साउन २०८०

काठमाडौँ । सरकारले अनौपचारिक क्षेत्रका श्रमिक र स्वरोजगार व्यक्तिलाई पनि सामाजिक सुरक्षा कोषमा समेट्ने भएको छ । 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यसबारे आज औपचारिक घोषणा गर्ने भएका छन् । प्रज्ञा भवन कमलादीमा आज बिहान १० बजे आयोजना हुने कार्यक्रममा प्रधानमन्त्री दाहालले औपचारिक घोषणा गर्नेछन् । 

अनौपचारिक क्षेत्रका श्रमिकहरूलाई कोषमा समेट्ने गरी गत मङ्सिर २५ गते अनौपचारिक क्षेत्रमा रहेका श्रमिक र स्वरोजगारमा रहेका व्यक्तिको सामाजिक सुरक्षा योजना सञ्चालन सम्बन्धी कार्यविधि मन्त्रालयबाट स्वीकृत भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप