१९ वर्षीय रोमियोका लागि चेल्सी ५८ लाख पाउन्ड खर्चिन तयार
बुधबार, ३१ साउन २०८०, ११ : ५९
काठमाडौँ । इङ्लिस क्लब चेल्सी बेल्जियन मिडफिल्डर रोमियो लाभियालाई भित्राउन तयार देखिएको छ । चेल्सीले रोमियोका लागि ५८ लाख पाउन्ड खर्चन लागेको हो । रोमियो हाल साउदएम्पटनबाट व्यवसायीक फुटबल खेल्छन् ।
१९ वर्षीय मिडफिल्डलाई भित्राउन इङ्ल्यान्डका दुई प्रभावशाली क्लब चेल्सी र लिभरपुलबीच चर्को प्रतिस्पर्धा चलेको थियो । चेल्सीभन्दा अगाडि लिभरपुलले रोमियोलाई भित्राउन चाहेको थियो । साउथएम्पटनले रोमियोको मूल्य ५० लाख पाउन्ड तोकेको थियो ।
उनी सन् २०२२ म्यानचेस्टर सिटीबाट साउथएम्पटनमा आबद्ध भएका हुन् । उनले म्यानचेस्टर सिटीमा एक सिजनमात्र खेलेका थिए । साउथएम्पटनले रोमियोलाई भित्राउन केवल १५ लाख पाउन्ड खर्चिएको थियो । रोमियोबाट साउथएम्पटनले निकै ठुलो नाफा कमाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
-
प्रधानमन्त्री शाहले हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण