सार्वजनिक सवारी साधनको भाडा बढ्यो, कहाँ कति ? (सूचीसहित)
काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएसँगै अन्तर प्रदेश सार्वजनिक यातायातको भाडा समेत वृद्धि भएको छ । स्वचालित मूल्य प्रणालीका आधारमा बुधबारदेखि लागू हुने गरी यातायात व्यवस्था विभागले सार्वजनिक सवारीको भाडा वृद्धि गरेको हो ।
विभागका अनुसार यात्रुवाहक सवारी साधनको साबिकको भाडामा ४.७० प्रतिशतले वृद्धि गरिएको छ भने पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारी साधनको भाडा ६.१५ प्रतिशतले वृद्धि गरिएको छ । यस्तै तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीको भाडा ६.८३ प्रतिशतले वृद्धि गरिएको छ ।
इन्धनको बजार मूल्य ५ प्रतिशत वा सो भन्दा बढीले बढेमा वा घटेमा विभागले अभ्यास गर्दै आएको वैज्ञानिक भाडा समायोजन प्रणाली अनुसार स्वचालित रूपमा अन्तर प्रदेश सार्वजनिक यातायातको भाडा बढ्ने वा घट्ने व्यवस्था रहेको छ ।
सोही व्यवस्था अनुसार भाडा समायोजन गरिएको विभागले जनाएको छ ।
नेपाल आयल निगमले मंगलबार रातिदेखि लागू हुने गरी डिजेलको मूल्य प्रतिलिटर १४ रुपैयाँले वृद्धि गर्दै १६५.८३ रुपैयाँ पुर्याएको छ ।















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदेश स्थापना यता ७११ किलोमिटर सडक कालोपत्रे, निर्माणमा सुस्तता
-
सडकछेउको भान्सा : तीर्थयात्राको संस्कृति
-
काभ्रेको नदी-तटीय क्षेत्रमा मौसम मापन उपकरण राखिँदै
-
गाउँको ‘सापटी’ चलनलाई प्रविधिमा ढालेर भारतमा तहल्का मच्चाउने दीपेश
-
नेपालको आँखा स्वास्थ्य सेवामा फड्कोः ‘गुणस्तर सुनिश्चित प्रणाली कार्यान्वयन’ गरिँदै
-
ट्युनिसयाविरुद्ध स्विडेनको सहज जित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण