सामाजिक सुरक्षाका योजनाहरुलाई परिमार्जित र बिस्तार गर्दै लैजानुपर्छः मन्त्री भण्डारी
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले सामाजिक सुरक्षाको दायरासँगै यसका फाइदाहरुलाई पनि बढाएर लगिने बताएका छन् ।
बुधवार अनौपचारिक क्षेत्रका श्रमिक तथा स्वरोजगारमा रहेका व्यक्तिको सामाजिक सुरक्षा योजना शुभारम्भ समारोहमा बोल्दै मन्त्री भण्डारीले सामाजिक सुरक्षाको फाइदाहरुलाई पनि बढाएर लगिने बताएका हुन् ।
उनले नेपाली श्रम बजारमा श्रम शक्तिको अभाव देखिन थालेको भन्दै यसको सम्बोधनका लागि सामाजिक सुरक्षाका योजनाहरुलाई परिमार्जन र बिस्तार गर्नुपर्ने बताए । उनले आन्तरिक श्रम बजारको गतिशिलतामार्फत मुलुकको समग्र आर्थिक क्षेत्रलाई सक्रिय बनाउन आवश्यक अनेकन नितिगत व्यवस्थाहरुमा सरकार काम गरिरहेको उल्लेख गरे । मन्त्री भण्डारीले न्युनतम ज्यालाको प्रणालीमा सुधार, सिपयुक्त श्रम शक्ति बजारमा ल्याउन राष्ट्रिय व्यवसायिक तथा सीप विकास तालिम प्रतिष्ठानको गठन, बाध्यकारी श्रमको अवस्थामा सुधार, बालश्रम न्युनिकरणमा जोड लगायतका कामहरु अहिले भइरहेको बताए ।
उनले भने, ‘राज्यले सामाजिक सुरक्षा योजनाहरु सञ्चालन गर्नुको पछाडी केही आधारभुत मान्यताहरु हुन्छन् । खासगरी गरिबी निवारणमा टेवा, श्रम बजारमा श्रम शक्तिको आकर्षण, नेपालको श्रम बजारमा सामाजिक सुरक्षाको अभावको कारणले गर्दा अत्यन्त न्युन ज्यालामा काम गर्ने नेपाली श्रमशक्ति विश्व बजारमा जान बाध्य भइराखेको छ । नेपाली श्रम बजारमा श्रम शक्तिको अभाव देखिन थालेको छ । यि विषयहरुलाई समेत सम्बोधन गर्नेगरी सामाजिक सुरक्षाका योजनाहरुलाई परिमार्जित र बिस्तार गर्दै लैजानुको विकल्प छैन । निश्चय पनि मन्त्रालयले यि विषयहरुलाई अगाडी बढाउने छ । र सामाजिक सुरक्षाको दायरालाई मात्र होइन सामाजिक सुरक्षाबाट पाइने बेनिफिट्स्हरु अथवा वेलफेयरहरुलाई पनि त्यही हिसाबले अगाडी बढाएर लिएर जानेछ भन्नेकुरा म यहाँ व्यक्त गर्न चाहन्छु । आन्तरिक श्रम बजारको गतिशिलतामार्फत मुलुकको समग्र आर्थिक क्षेत्रलाई सक्रिय बनाउन आवश्यक अनेकन नीतिगत व्यवस्थाहरुमा हामी काम गरिरहेका छौँ । यसमा न्युनतम ज्यालाको प्रणालीमा सुधार, सिपयुक्त श्रम शक्ति बजारमा ल्याउन राष्ट्रिय व्यवसायिक तथा सिप विकास तालिम प्रतिष्ठानको गठन, बाध्यकारी श्रमको अवस्थामा सुधार, बालश्रम न्युनिकरणमा जोड, अति कम विकसित मुलुकबाट स्तरोन्नतिका लागि आवश्यक पर्ने श्रम सम्बन्धि अन्तर्राष्ट्रिय अभिसन्धिहरुको अनुमोदनका पहलहरु केही उदाहरण हुन् । यसै सिलसिलामा सामाजिक सुरक्षा कोषबाट सञ्चालित योजनाहरु, श्रम बजारका नयाँ क्षेत्रहरुसम्म बिस्तार, सेवाग्राहीको पहुँचका लागि शाखा तथा सम्पर्क कार्यालयहरु स्थापना र कोषको प्रभावकारी उपयोगको दिशामा महत्वपूर्ण कार्यहरु भइरहेका छन् । यसबाट सामाजिक सुरक्षा कोषमा आवद्ध हुने योगदानकर्ताहरु बढ्ने र नयाँ–नयाँ योजनाहरुको तयारीको लागि सहज वातावरण निर्माण र मुलुकको आन्तरिक श्रम बजार बढी विश्वसनीय हुनेछ भन्ने मेरो विश्वास छ ।’
मन्त्री भण्डारीले सामाजिक सुरक्षा कोषबाट सञ्चालित योजनाहरु, श्रम बजारका नयाँ क्षेत्रहरुसम्म बिस्तार र सेवाग्राहीको पहुँचका लागि शाखा तथा सम्पर्क कार्यालयहरु स्थापना भइरहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
-
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण