नवौं महिला विश्वकप : इङ्ल्यान्ड र स्पेनबीच उपाधि भिडन्त
काठमाडौँ । नवौं महिला विश्वकप फुटबल प्रतियोगिताको उपाधिका लागि इङ्ल्यान्ड र स्पेनबीच भिडन्त हुने भएको छ । इङ्ल्यान्ड बुधबार खेलिएको दोस्रो सेमिफाइनल खेलमा आयोजक अस्ट्रेलियालाई ३—१ गोलले हराउँदै फाइनलमा पुगेको हो । इङ्ल्यान्ड पहिलो पटक फाइनलमा पुगेको हो ।
स्पेनले भने मंगलबार खेलिएको पहिलो सेमिफाइनल खेलमा स्विडेनलाई २—१ गोलले हराएको थियो । प्रतियोगिताको फाइनल खेल आगामी आइतबार खेलिने छ । त्यसअघि शनिबार अस्ट्रेलिया र स्विडेनबीच तेस्रो स्थानका लागि खेल हुनेछ ।
अस्ट्रेलियाविरुद्दको खेलमा इङ्ल्यान्डले नै सुरुआती अग्रता लिएको थियो । खेलको ३६ औं मिनेटमा इङ्ल्यान्डका लागि एला टुनले पहिलो गोल गरेकी थिइन् । सोही गोलका कारण पहिलो हाफमा इङ्ल्यान्ड अगाडि रह्यो ।
निर्धारित समयको ६३ औं मिनेटमा अस्ट्रेलियाका लागि साम केरले जवाफी गोल गरेपछि खेल १—१ को बराबरीमा पुगेको थियो । खेलको ७१औं मिनेटमा लाउरेन हेम्पले गोल गर्दै इङ्ल्यान्डलाई २—१ ले अगाडि बढाएकी थिइन् ।
निर्धारित समयको खेल सकिनुभन्दा चार मिनेटअघि इङ्ल्यान्डका लागि एलेसिया रुसोले तेस्रो गोल थपेकी थिइन् । फाइनलमा पुगेका स्पेन र इङ्ल्यान्ड दुबैले हालसम्म महिला विश्व कपको उपाधि जित्न सकेका छैनन् । त्यसैले महिला विश्व कपको नवौं संस्करणले नयाँ विजेता पाउने पक्का छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशी प्रदेशको ११औँ बजेट आउँदै, यसअघिका १० बजेट कस्तो थियो ?
-
उड्डयन क्षेत्रको सुधारका लागि वायुसेवा सञ्चालक संघ र एरोनटिकल सोसाइटीबिच सम्झौता
-
‘लालीबजार’, ‘मितज्यु’, ‘काजी’ ‘लाइफ ड्यामेज’ र ‘कुम्भ’को यस्तो कमाई ?
-
सुशासन, प्रभावकारी सेवा प्रवाह र तीव्र विकास नै जनताको मुख्य चाहना : राष्ट्रपति पौडेल
-
रास्वपा कर्णाली प्रदेशको सभापतिका लागि ३ जनाको उम्मेदवारी दर्ता
-
डीएनए परीक्षणसम्बन्धी छुट्टै कानुन नहुँदा समस्या : विज्ञ भन्छन्- ‘प्रमाण जोगाउनै मुस्किल भयो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण