सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

आइटिएफ विश्व तेक्वान्दो च्याम्पियनसिपमा नेपालबाट चार खेलाडी सहभागी हुने

बुधबार, ३१ साउन २०८०, १८ : ५८
बुधबार, ३१ साउन २०८०

काठमाडौँ । नेपालका चार खेलाडीले काजकिस्तानमा हुने २२ औं आइटिएफ तेक्वान्दो विश्व च्याम्पियनसिपमा चुनौती प्रस्तुत गर्ने भएका छन् । 

आगामी अगस्ट १८ देखि २७ तारिखसम्म काजकिस्तानको अस्तानामा २२ औं आइटिएफ तेक्वान्दो विश्व च्याम्पियनसिप शुरु हुँदैछ । जहाँ नेपाल समान दुई पुरुष र महिला खेलाडीले फाइटतर्पm प्रतिष्पर्धा गर्न लागेका हुन् । 

महिला ४७ केजी तौलसमूहमा रुबिका खड्का र ५२ केजीमा सुस्मिता थापाले प्रतिष्पर्धा गर्नेछन् । पुरुषमा भने पुकार केसीले ६४ केजीमुनि र अजय बुढामगरले ६८ केजी तौलसमूहमा नेपालको तर्पmबाट चुनौती प्रस्तुत गर्दैछन् । रुबिकाले यसै महिना भारतमा सम्पन्न दक्षिण एशियाली आइटिएफ तेक्वान्दो च्याम्पियनसिपमा दुई स्वर्ण पदक जितेकी थिइन् ।

विश्व च्याम्पियनसिपका लागि नेपाली टोलीको प्रशिक्षकमा रूपसिं मोक्तान र टिम अफिसियलमा घमबहादुर थापा र विक्रम बाठामगर छन् । नेपाल आइटिएफ महासंघका निवर्तमान अध्यक्ष एवं दक्षिण एशियाली आइटिएफ तेक्वान्दो महासंघका उपाध्यक्ष अञ्जन धमला नेपाली टोलीको प्रमुख हुन् । एशियाली आइटिएफ महासंघका कार्यकारी सदस्य तथा राष्ट्रिय खेलकुद परिषद्(राखेप) का बोर्ड सदस्यसमेत रहेका धमलाले उक्त विश्व च्याम्पियनसिपमा निर्णायकको भूमिका पनि निर्वाह गर्नेछन् ।

काजकिस्तानमा हुने विश्व च्याम्पियनसिपमा सहभागी हुन जाने ८ सदस्यीय नेपाली टोलीलाई बुधवार उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बिदाइ गरेका छन् । सिंहदरबारस्थित मन्त्रालयमा आयोजित कार्यक्रममा गृहमन्त्री श्रेष्ठले पछिल्लो समय नेपाली खेलकुदको विकास भइरहेको उल्लेख गर्दै त्यसमा नेपाली खेलाडीको भूमिका महत्त्वपूर्ण रहेको बताए ।

सो अवसरमा गृहमन्त्री श्रेष्ठले उच्च मनोबलका साथ खेल्न नेपाली खेलाडीलाई शुभकामना दिँदै सरकारले पनि खेलकुद विकास आवश्यक पर्ने काम खेलाडीहरूकै सल्लाह अनुरूप गर्दै जाने विश्वास व्यक्त गरे । नेपाली टोली बिहीबार काजकिस्तानतर्फ प्रस्थान गर्नेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप