आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल–भारत मैत्रीपूर्ण सम्बन्ध जनस्तरसम्मै हुनुपर्छ : अध्यक्ष राउत

बुधबार, ३१ साउन २०८०, १९ : ०२
बुधबार, ३१ साउन २०८०

काठमाडौँ । जनमत पार्टीका अध्यक्ष डा.चन्द्रकान्त  (सीके) राउतले नेपाल–भारत मैत्रीपूर्ण सम्बन्ध जनस्तरसम्मै हुनुपर्ने बताएका छन् ।  

बुधबार नेपाल—भारतमैत्री समाजको काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै उनले नेपाल र भारतको मैत्रीपूर्ण सम्बन्ध व्यापारिक र कर्मचारी तहमा मात्रै नभई दुई देशका जनताहरू एक अर्कासँग नजिक भएपछि मात्रै सुमधुर बन्ने बताएका हुन्   । उनले दुई देशको मैत्रीपूर्ण सम्बन्ध व्यापारिक र कर्मचारीस्तरको मात्रै रहेर नहुने भन्दै सीमा क्षेत्रको समस्या सुधार अहिलेको आवश्यकता रहेको औंल्याए । 

राउतले कार्यक्रमहरु मात्रै गरेर सम्बन्ध सुधार नहुने भन्दै प्राविधिक विषयहरुको पनि हल खोज्नुपर्ने बताए । उनले भारत–नेपालको मैत्रीपूर्ण सम्बन्धको लागि सन् २०१२ मा दिल्लीको जन्तरमन्तरमा अनसन बसेको बताए । उनले सो समयमा प्रधानमन्त्री नरेन्द्र मोदीलार्ई १३ बुँदे ज्ञापनपत्र समेत बुझाएको स्मरण गर्दै सीमा क्षेत्रको समस्या हल गर्नुपर्ने आवश्यकता रहेको औंल्याए ।

राउतले भारतीय स्वतन्त्रता आन्दोलन शान्तिपूर्ण रुपमा भएको भन्दै यो आन्दोलनले विश्वमै लोकतन्त्रको सन्देश दिएको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप