नेपाल–भारत मैत्रीपूर्ण सम्बन्ध जनस्तरसम्मै हुनुपर्छ : अध्यक्ष राउत
काठमाडौँ । जनमत पार्टीका अध्यक्ष डा.चन्द्रकान्त (सीके) राउतले नेपाल–भारत मैत्रीपूर्ण सम्बन्ध जनस्तरसम्मै हुनुपर्ने बताएका छन् ।
बुधबार नेपाल—भारतमैत्री समाजको काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै उनले नेपाल र भारतको मैत्रीपूर्ण सम्बन्ध व्यापारिक र कर्मचारी तहमा मात्रै नभई दुई देशका जनताहरू एक अर्कासँग नजिक भएपछि मात्रै सुमधुर बन्ने बताएका हुन् । उनले दुई देशको मैत्रीपूर्ण सम्बन्ध व्यापारिक र कर्मचारीस्तरको मात्रै रहेर नहुने भन्दै सीमा क्षेत्रको समस्या सुधार अहिलेको आवश्यकता रहेको औंल्याए ।
राउतले कार्यक्रमहरु मात्रै गरेर सम्बन्ध सुधार नहुने भन्दै प्राविधिक विषयहरुको पनि हल खोज्नुपर्ने बताए । उनले भारत–नेपालको मैत्रीपूर्ण सम्बन्धको लागि सन् २०१२ मा दिल्लीको जन्तरमन्तरमा अनसन बसेको बताए । उनले सो समयमा प्रधानमन्त्री नरेन्द्र मोदीलार्ई १३ बुँदे ज्ञापनपत्र समेत बुझाएको स्मरण गर्दै सीमा क्षेत्रको समस्या हल गर्नुपर्ने आवश्यकता रहेको औंल्याए ।
राउतले भारतीय स्वतन्त्रता आन्दोलन शान्तिपूर्ण रुपमा भएको भन्दै यो आन्दोलनले विश्वमै लोकतन्त्रको सन्देश दिएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
-
भारत भ्रमणमा रहेका रवि लामिछाने र अमेरिकी राजदूत गोरबीच भेटवार्ता
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण