सिङ्गापुरमा चिनियाँ नागरिक पक्राउ, जफत गरियो ९८ अर्बभन्दा बढीको सम्पत्ति
सिङ्गापुर प्रहरीले मनी लन्ड्रिङ विरुद्ध चलिरहेको अभियान अन्तर्गत छापा मारेर एक अर्ब सिङ्गापुर डलर बराबरको सम्पत्ति जफत गरेको छ । यसलाई नेपाली रुपैयाँमा रूपान्तरण गर्ने हो भने यो ९८ अर्ब २६ करोड रुपैयाँ बराबर हो ।
यसमा सुन, महँगा कार, विलासी घर, डिजाइनर ह्यान्डब्यागलगायत २३ मिलियन सिङ्गापुर डलर नगद समावेश छन् । यस घटनामा हालसम्म १० जना पक्राउ परेका छन् । प्रहरीले उनीहरूबाट विदेशी राहदानी समेत बरामद गरेको छ ।

यी मानिसहरू चीन, कम्बोडिया, टर्की र वनुआटु जस्ता देशका नागरिक भएको बताइएको छ । यिनीहरु ३१ देखि ४४ वर्ष उमेर समूहका हुन् । प्रहरीका अनुसार यो समूह विदेशी संगठित अपराध गतिविधिलगायतका घोटालाहरू र अनलाइन जुवाबाट हुने अपराधको आयलाई लुट्ने काममा संलग्न भएको आशंका गरिएको थियो ।
तर सिङ्गापुरमा यस प्रकारको छापा विरलै हुने गरेको छ किनभने सिङ्गापुरमा अपराध दर विश्वका अन्य देशको तुलनामा निकै कम छ ।
सिङ्गापुर प्रहरीको वाणिज्य मामिला विभागका निर्देशक डेभिड च्युले भने, ‘ सिङ्गापुर अपराधीहरूको लागि सुरक्षित आश्रयस्थलको रूपमा प्रयोग भएको हामी कुनै पनि हालतमा स्वीकार गर्न सक्दैनौँ ।’

‘अपराधीहरूलाई हाम्रो सन्देश स्पष्ट छ– तपाईंलाई भेट्यौं भने हामी पक्रने छौं । यदि हामीले तपाईंको अवैध सम्पत्ति फेला पार्यौँ भने ती जफत गर्नेछौँ । र, तपाईंविरुद्ध कानुनी रूपमा कडा कारबाही गर्नेछौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सगरमाथामा ‘चमत्कार’ : सात दिनपछि ‘डेथ जोन’ बाट कसरी जीवितै फर्किए दावा शेर्पा ?
-
ट्रम्पद्वारा ८ हजार संघीय कर्मचारीलाई हटाउने आदेशमा हस्ताक्षर
-
चिडियाखानामा ‘ट्रम्प’ भैँसी
-
हरियालीमा २० मिनेट मात्रै बिताउँदा पनि कम हुन्छ तनाव
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई स्वतन्त्र बनाउनुपर्नेमा सांसदहरुको जोड
-
विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण