व्यवसायीहरुले भने–बढेको तलब दिन सक्दैनौँ
काठमाडौँ । व्यवसायीहरुले सरकारले बढाएको न्यूनतम पारिश्रमिक दिन नसकिने बताएका छन् । नेपाल उद्योग परिसंघले शुक्रबार एक विज्ञप्ति जारी गर्दै श्रमिकको न्यूनतम पारिश्रमिक बढाएकोमा आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।
आर्थिक मन्दीका कारण उद्योग कलकारखानाको उत्पादन नै घटेका बेला श्रमिकको पारिश्रमिक बढाउनु उचित नभएको र सो कार्यान्वयन गर्न नसकिने व्यवसायीहरुले बताएका हुन् ।
‘अर्थतन्त्र मन्दीमा छ । उच्च ब्याजदर, न्यून माग, न्यून उत्पादनका कारण निजी क्षेत्रको मनोबल घट्दो छ । उद्योगहरुको प्रकृति अनुसार उत्पादनमा ७० प्रतिशतसम्म गिरावट आएको छ । उद्योगी व्यवसायीहरुले लगानीका योजना स्थगन गरिरहेका छन् । अर्थतन्त्र शिथिल बन्दै जाने, आन्तरिक उत्पादन नबढ्ने, उत्पादन भएपनि माग नहुने तर उत्पादन लागत बढ्दा त्यसको थप भार उद्योगहरुमाथि पर्नेछ । श्रमिकको न्यूनतम पारिश्रमिक बढाउने चाहना हुँदा हुँदै पनि विद्यमान समस्याका कारण हाल बढाइएको पारिश्रमिक दिन सक्ने अवस्थामा निजी क्षेत्र नरहेको परिसंघको धारणा छ’ विज्ञप्तिमा भनिएको छ ।
सोही विज्ञप्तिमार्फत विद्यमान चुनौतीपूर्ण अवस्थामा सुधार ल्याइ अर्थतन्त्रलाई चलायमान बनाउन, समग्र बजार माग बढाउने नीति अवलम्बन गर्न, उत्पादन लागत घटाउने तथा निजी क्षेत्रको मनोबल बढाउनेतर्फ अग्रसर हुन सबै सरोकारवाला समक्ष परिसंघले अनुरोध समेत गरेको छ ।
सरकारले बिहीबार श्रमिकहरुको न्यूनतम पारिश्रमिक १७ हजार ३ सय रुपैयाँ तोकेको थियो । यसअघि श्रमिकको न्यूनतम पारिश्रमिक १५ हजार रुपैयाँ रहेकोमा २ हजार ३ सय रुपैयाँले वृद्धिगर्दै साउन १ गतेदेखि लागू हुनेगरी १७ हजार ३ सय रुपैयाँ तोकेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिनियाँ राष्ट्रपति सी उत्तर कोरिया भ्रमणमा जाँदै
-
‘राजनीतिक हस्तक्षेप नरोके एक दशकमै मरुभूमि बन्छ तराई’
-
राम चरणको बहुप्रतिक्षित फिल्म ‘पेद्दी’ को ओपनिङ कस्तो ?
-
रङ्गमञ्चमा फिल्म स्टारको लर्काे : अभिनयको तिर्खा कि नयाँ अवसरको खोजी ?
-
रुकुम पश्चिममा जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ
-
अयोध्या पुगे भारत भ्रमणमा रहेका लामिछाने (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण