अमृत साइन्स क्याम्पसमा स्ववियुले लगायो ताला, कोषको पैसा हिनामिना गरेको आरोप
काठमाडौँ । स्वतन्त्र विद्यार्थी युनियन अमृत क्याम्पसले क्याम्पसको लेखा शाखामा तालाबन्दी गरेको छ। स्ववियुले क्याम्पस प्रशासनले आर्थिक अनियमितता गरेको आरोपमा तालाबन्दी गरेको हो ।
स्ववियु कोष, विद्यार्थी कल्याण कोष, खेलकुद तथा पत्रपत्रिका लगायतका शीर्षकको पैसा हिनामिना भएकाले तालाबन्दी गरिएको स्ववियु सचिव रुद्रहरि पोखरेलले बताए ।
क्याम्पसले वार्षिक आयव्यय सार्वजनिक नगरेको र स्ववियुको हक अधिकार खोसेको आरोप छ। स्ववियुको कोष २०७६ सालदेखि प्रयोगमा नआएको तर, कोषमा पैसा नभएको जानकारी कलेजले दिएको भन्दै उक्त पैसा कोषमा फिर्ता ल्याउन माग गर्दै तालाबन्दी गरिएको हो ।
क्याम्पसमा तालाबन्दी समाधान नभएको तर पटकपटक मौखिक तथा लिखित रुपमा ध्यानाकर्षण गराउँदा पनि क्याम्पस प्रमुखले बेवास्ता गरेपछि स्ववियु तालाबन्दी गर्न बाध्य भएको उनको भनाइ छ।
क्याम्पसमा क्याम्पस प्रमुख लोक बरालले स्ववियुलाई काम गर्न नदिन र आफ्नो मनलाग्दी रोकिने डरले स्ववियुलाई जिम्मेवारी विहीन बनाउन खोजेको आरोप स्ववियुको छ।
क्याम्पसमा कहिले पढाइ नहुने कुरामा तालाबन्दी त कहिले तलब नपाउने कुराले पेन डाउन हुँदै आएको छ। धेरै जसो कर्मचारी, प्राध्यापक, विद्यार्थीहरूले क्याम्पस प्रमुखकै कारणले समस्या आएको गुनासो गरे।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण