बाबुरामले भने–ललितानिवास प्रकरणमा मैले गैरकानूनी कार्य गरेको कसैले पुष्टि गर्न सक्दैन
काठमाडौँ । नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले ललिता निवास प्रकरणमा आफूले गैर कानुनी कार्य नगरेको र पुष्टि पनि गर्न नसक्ने बताएका छन् । सामाजिक सञ्जाल ट्वीटरमार्फत भट्टराईले हाल सीआईबीले गरिरहेको छानबिनको क्रममा कसैले आफूसँग कुनै सोधपुछ नगरेको र आफूले कसैसँग “उन्मुक्ति” को याचना नगरेको स्पष्ट गरेका छन् ।
‘मेरो लामो सार्वजनिक जीवनमा आजसम्म कुनै नैतिक दाग लागेको छैन र कसैले भ्रष्टाचारजन्य आरोप लगाउन सकेको छैन’, भट्टराईले भनेका छन्, ‘ललिता निवास प्रकरणमा पनि मेरो कुनै निजी वा पारिवारिक स्वार्थ जोडिएको र गैर कानुनी कार्य भएको कहींकतै कसैले आरोप लगाउन र पुष्टि गर्न सक्दैन।’
भट्टराईले केही समय यता यो प्रकरणमा आफूलाई जवर्जस्ती मुछ्ने, अपराधी झैं दुष्प्रचार गर्ने, सम्बन्धित निकायले कुनै सोधपुछ तथा छानबिन नगर्ने र उल्टै “उन्मुक्ति दिने” नाटकीय प्रचारबाजी भइरहेको भन्दै त्यसप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् छ।
‘ललिता निवास लगायत सबै ठुला भ्रष्टाचार प्रकरणबारे निष्पक्ष छानबिन होस् र दोषीलाई हदैसम्मको सजाय होस् भन्ने कुरा मैले संसद् र सार्वजनिक मञ्चबाट निरन्तर बताउँदै आएको छु । साथै त्यस्तो छानबिनमा आफूले जहाँ, जैले,जसरी पनि पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ’, भट्टराईले भनेका छन् ।
भट्टराईले आफ्नो प्रधानमन्त्री कालमा प्रक्रियागत ढङ्गले सम्बन्धित मन्त्रालयबाट आएको प्रस्तावमाथि मन्त्रिपरिषद्को सम्बन्धित सामाजिक समितिले आवश्यक छानबिन पश्चात् प्रस्तुत गरेको निर्णय प्रस्तावलाई मन्त्रिपरिषद्ले सामूहिक रूपमा स्वीकृति दिएको तर्क गरेका छन्। सोही ब्यहोराको बयान केही वर्ष पहिले आफूले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई दिइसकेको पनि उनले बताएका छन् ।
‘हाल सीआईबीले गरिरहेको छानबिनको क्रममा पनि मसँग कसैले कुनै सोधपुछ गरेको छैन र मैले कसैसँग “उन्मुक्ति” को याचना गरेको पनि छैन। मेरो स्वविवेक र स्वाभिमानले त्यसो गर्नै दिँदैन। बरू आवश्यक परे आफ्नोतर्फबाट छानबिनमा हरतरहको सहयोग गर्ने सार्वजनिक प्रतिबद्धता व्यक्त गरिरहेको छु र पुनः अहिले गर्दछु’, भट्टराईको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदेश स्थापना यता ७११ किलोमिटर सडक कालोपत्रे, निर्माणमा सुस्तता
-
सडकछेउको भान्सा : तीर्थयात्राको संस्कृति
-
काभ्रेको नदी-तटीय क्षेत्रमा मौसम मापन उपकरण राखिँदै
-
गाउँको ‘सापटी’ चलनलाई प्रविधिमा ढालेर भारतमा तहल्का मच्चाउने दीपेश
-
नेपालको आँखा स्वास्थ्य सेवामा फड्कोः ‘गुणस्तर सुनिश्चित प्रणाली कार्यान्वयन’ गरिँदै
-
ट्युनिसयाविरुद्ध स्विडेनको सहज जित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण