आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

नेकपा एसको पोलिटब्युरो बैठक आइतबारदेखि

शनिबार, ०२ भदौ २०८०, १८ : २८
शनिबार, ०२ भदौ २०८०

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) को पोलिटब्युरो बैठक यही भदौ ३ गते (भोलि)बाट सुरु हुने भएको छ । शनिबार काठमाडौँको आलोकनगरस्थित केन्द्रीय कार्यालयमा बसेको एकीकृत समाजवादी पार्टीको सचिवालय बैठकले भदौ ३ र ४ गते पोलिटब्युरो बैठक बस्ने औपचारिक निर्णय गरेको हो । 

त्यसैगरी भदौ ५, ६ र ७ गते केन्द्रीय कमिटी बैठक पनि बोलाइएको छ । दुवै बैठकमा मुलुकको समसामयिक राजनीतिक परिस्थिति र पार्टीको आगामी कार्यभार नै मुख्य एजेन्डा हुने पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । पोलिटब्युरो बैठकले केन्द्रीय कमिटी बैठकको तयारी गर्ने र त्यसले मुलुकको पछिल्लो राजनीतिक परिस्थितिबारे महत्त्वपूर्ण निर्णय गर्ने पनि उनले बताए ।

प्रवक्ता खतिवडाले भने, ‘हामी पोलिटब्युरो बैठक भोलिदेखि सुरु गरिरहेका छौँ । भदौ ३ र ४ गते हाम्रो पार्टीको केन्द्रीय पोलिटब्युरो बैठक बस्दैछ । ५, ६ र ७ गते केन्द्रीय कमिटी बैठक बस्दैछ । यसका एजेन्डाहरू हामीले पहिले नै तय गरेर पठाइसकेका छौँ । भोलि र पर्सीको पोलिटब्युरो बैठकमा वर्तमान परिस्थिति, वर्तमान राजनीति अथवा समसामयिक परिस्थिति र हाम्रो पार्टीको आगामी कार्यभार नै हाम्रो मुख्य विषय बनेको छ । यसैको सेरोफेरोमा पोलिटब्युरो सदस्यहरूले आफ्नो धारणा राख्नु हुनेछ । र, पर्सी हामी यो बैठकको समापन गर्नेछौँ । भोलि बेलुका ६ बजे समाजवादी मोर्चाको बैठकमा पनि बस्दैछ । यो पनि मैले बेलामा यहाँहरूलाई जानकारी गराएँ । हामीले सबै तयारी केन्द्रीय कमिटीको बैठक भदौ ५, ६ र ७ का लागि तयारी गरिरहेका छौँ । ७ गते हाम्रो केन्द्रीय कमिटी बैठक कन्क्लुड गर्दैछौँ । धेरै महत्त्वपूर्ण निर्णय र प्रस्तावहरू त्यही बेला पारित हुँदैछन् ।’

नेकपा एस आगामी माघमा सम्पन्न हुने गरी राष्ट्रिय महाधिवेशनको तयारीमा जुटेको छ । सम्मानित नेता झलनाथ खनालले नेतृत्वका लागि आफ्नो दाबी हुने/नहुने भन्ने कुरा महाधिवेशन हलले नै तय गर्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप