सरकारको प्राथमिकता पर्यटन र जलविद्युत् : मुख्यमन्त्री थापा
मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले निजी क्षेत्रसँगको सहकार्यमा पर्यटन प्रवर्द्धन र जलविद्युत्को विकास प्रदेश सरकारको मुख्य प्राथमिकता भएको बताएका छन् ।
नेपाल एशोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) कोशी प्रदेशको ११ औँ वार्षिक साधारणसभा तथा सातौँ वार्षिक अधिवेशनको आज यहाँ उद्घाटन गर्दै उनले प्रदेशमा २० हजारभन्दा बढी मेगावाट विद्युत् उत्पादन हुने विश्वास व्यक्त गर्दै त्यसको सदुपयोग गर्ने बताए ।
मुख्यमन्त्री थापाले निजी क्षेत्र जलविद्युत्मा लगानी गर्न तयार रहेको आफूले पाएको उल्लेख गर्दै आवश्यक कानुन निर्माण गरी यस क्षेत्रमा लगानी गर्न प्रोत्साहन गरिने विश्वास दिलाए ।
कोशी प्रदेशमा रहेको विश्वको सर्वोच्च शिखर सगरमाथा र सबैभन्दा होचो स्थान कचनकवललाई आवश्यक प्रचार–प्रसार गर्नुपर्नेमा जोड दिँदै उनले यस क्षेत्रमा बाह्य पर्यटकलाई आकर्षित गरेर विदेशी मुद्रा आर्जन गर्न सकिने बताए ।
नाट्टाका प्रदेश अध्यक्ष उदयकुमार श्रेष्ठ र सचिव पुण्य भट्टराईले पर्यटन क्षेत्रको विकासमा निजी क्षेत्रले सरकारलाई सदैव साथ सहयोग दिने प्रतिबद्धता व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण