शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

सर्वाधिक धनराशि पुरस्कार राखिएको ‘मेरो भ्वाइस युनिभर्स’ को अन्तिम प्रतिस्पर्धा सुरु

शनिबार, ०२ भदौ २०८०, २० : ०४
शनिबार, ०२ भदौ २०८०

 

काठमाडौँ । नेपालमा अहिलेसम्मकै सर्वाधिक धनराशिको पुरस्कार राखिएको गायन प्रतियोगिता ‘मेरो भ्वाइस युनिभर्स’ र नृत्य तर्फको ‘मेरो डान्स युनिभर्स ’ अन्तिम प्रतिस्पर्धा सुरु भएको छ । 

आज शनिवार साँझ गोदावरीको सनराइज कन्फ्रेन्स हलमा यी दुई प्रतियोगिताका अन्तिम पाँच–पाँच प्रतियोगीले विजेता बन्नका लागि प्रतिस्पर्धा गरिरहेका हुन् ।

इन्ट्रा नेपाल वेलफेयर एण्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाले सञ्चालन गरिरहेको दुवै प्रतियोगिताका विजेताले जनही एक करोड, उपविजेताले ३० लाख र दोस्रोले २० लाखसँगै अरु विभिन्न पुरस्कार प्राप्त गर्नेछन् ।

नृत्यअन्तर्गत सामूहिक नृत्य पनि छ र त्यसमा प्रथम हुनेले ३० लाख पुरस्कार प्राप्त गर्नेछ ।

गायन प्रतियोगिता ‘मेरो भ्वाइस युनिभर्स’ तर्फ सिक्किमका शिशिर ठटाल र प्रितम राई, दार्जिलिङका साइराज खाती तथा नेपालको सङ्खुवासभाका परेश राई र काभ्रेका शरद हुमागाईँ अन्तिम पाँचमा छनोट भएका छन् । 

यस्तै नृत्य प्रतियोगिता ‘मेरो डान्स युनिभर्स’तर्फ  मिङा डि लेप्चा (सिक्किम), खुसी कार्की (थाइल्यान्ड), देवी गर्वुजामगर (बेल्जियम) तथा नेपालको नेशन सुस्लिङ मगर महोत्तरी र गोरखाका स्वस्तिक अर्याल अन्तिम पाँचमा छनोट भएका छन् । अहिले प्रतिष्पर्धीहरुले आफ्नो प्रस्तुति दिइरहेका छन् ।

कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख देवराज घिमिरे लगायत मन्त्री र राजनीतिक दलका नेताहरु कार्यक्रम स्थलमा पुगेका छन् ।

संसारमा छरिएर रहेका नेपाली जाति बीचको आपसी सद्भावलाई कायमै राख्न र नेपाली भाषा र संस्कृतिलाई उनीहरूमाझ जीवन्त राखिराख्न सघाउने उद्देश्यले यो गायन र नृत्य प्रतियोगिताको आयोजना गरिएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप