सर्वाधिक धनराशि पुरस्कार राखिएको ‘मेरो भ्वाइस युनिभर्स’ को अन्तिम प्रतिस्पर्धा सुरु
काठमाडौँ । नेपालमा अहिलेसम्मकै सर्वाधिक धनराशिको पुरस्कार राखिएको गायन प्रतियोगिता ‘मेरो भ्वाइस युनिभर्स’ र नृत्य तर्फको ‘मेरो डान्स युनिभर्स ’ अन्तिम प्रतिस्पर्धा सुरु भएको छ ।
आज शनिवार साँझ गोदावरीको सनराइज कन्फ्रेन्स हलमा यी दुई प्रतियोगिताका अन्तिम पाँच–पाँच प्रतियोगीले विजेता बन्नका लागि प्रतिस्पर्धा गरिरहेका हुन् ।
इन्ट्रा नेपाल वेलफेयर एण्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाले सञ्चालन गरिरहेको दुवै प्रतियोगिताका विजेताले जनही एक करोड, उपविजेताले ३० लाख र दोस्रोले २० लाखसँगै अरु विभिन्न पुरस्कार प्राप्त गर्नेछन् ।
नृत्यअन्तर्गत सामूहिक नृत्य पनि छ र त्यसमा प्रथम हुनेले ३० लाख पुरस्कार प्राप्त गर्नेछ ।
गायन प्रतियोगिता ‘मेरो भ्वाइस युनिभर्स’ तर्फ सिक्किमका शिशिर ठटाल र प्रितम राई, दार्जिलिङका साइराज खाती तथा नेपालको सङ्खुवासभाका परेश राई र काभ्रेका शरद हुमागाईँ अन्तिम पाँचमा छनोट भएका छन् ।
यस्तै नृत्य प्रतियोगिता ‘मेरो डान्स युनिभर्स’तर्फ मिङा डि लेप्चा (सिक्किम), खुसी कार्की (थाइल्यान्ड), देवी गर्वुजामगर (बेल्जियम) तथा नेपालको नेशन सुस्लिङ मगर महोत्तरी र गोरखाका स्वस्तिक अर्याल अन्तिम पाँचमा छनोट भएका छन् । अहिले प्रतिष्पर्धीहरुले आफ्नो प्रस्तुति दिइरहेका छन् ।
कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख देवराज घिमिरे लगायत मन्त्री र राजनीतिक दलका नेताहरु कार्यक्रम स्थलमा पुगेका छन् ।
संसारमा छरिएर रहेका नेपाली जाति बीचको आपसी सद्भावलाई कायमै राख्न र नेपाली भाषा र संस्कृतिलाई उनीहरूमाझ जीवन्त राखिराख्न सघाउने उद्देश्यले यो गायन र नृत्य प्रतियोगिताको आयोजना गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोजगारी प्रवर्द्धनका क्षेत्रलाई राज्यले प्राथमिकता दिनुपर्छ : माधव नेपाल
-
भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान
-
एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने
-
स्वास्थ्य मन्त्रालयका सचिव डिल्लीराम शर्माको सरुवा
-
एन्थ्रोपिकका सह–संस्थापकको चेतावनीः एआईलाई ‘ब्रेक पेडल’ चाहिन्छ
-
काठमाडौँमा २७.५ किमी रेलमार्गको डीपीआरका लागि अन्तर्राष्ट्रिय प्रस्ताव आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण