बागमती प्रदेशका १३ अस्पतालमा ८११ शय्या निःशुल्क
मकवानपुर । बागमती प्रदेशका १३ जिल्लाका प्रादेशिक अस्पतालका ८११ वटा जनरल शय्या नागरिकका लागि निःशुल्क गरिएको छ । भदौ १ गतेदेखि प्रदेशका १३ वटा प्रादेशिक अस्पतालका आइसियू, एनआइसियु र क्याविन बाहेकका बिरामी भर्ना सेवाका लागि ती शय्याहरु निःशुल्क उपलब्ध गराइएको प्रदेशको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार मकवानपुरको हेटौंडा अस्पतालको १७५ शय्या नागरिकका लागि निःशुल्क उपलब्ध गराइएको छ । यस्तै चितवनको बकुलहर रत्ननगर अस्पतालको ७६ शय्या, धादिङको धादिङ अस्पतालको ७९ शय्या, नुवाकोटको त्रिशुली अस्पतालको ९२ शय्या, भक्तपुरको भक्तपुर अस्पतालको ७५ शय्या, सिनधुपाल्चोकको चौताराको ३६ शय्या, काभ्रेको मेथिनकोट अस्पतालको ५१ शय्या नागरिकका लागि निः शुल्क उपलब्ध गराइएको छ ।
त्यस्तै, सिन्धुलीको सिन्धुली अस्पतालको ७७ शय्या, दोलखाको पशुपती चौलागाई स्मृति अस्पतालको ४५ शय्या, ललितपुरको बज्रबाराही चापागाउँ अस्पतालको २५ शय्या, रसुवाको रसुवा अस्पतालको १९ शय्या, काठमाडौँको टोखा चण्डेश्वरी अस्पतालको २५ शय्या, रामेछापको रामेछाप अस्पतालको ३६ शय्या बिरामी भर्नाका लागि नागरिकहरुलाई निःशुल्क उपलब्ध गराइएको मन्त्रालयले जनाएको छ ।
प्रदेशको स्वास्थ्य मन्त्रालयको निर्देशनपछि ती अस्पतालहरुले बिरामी भर्ना सेवाका लागि शय्याहरु निःशुल्क गरेका हुन् । मन्त्रालयले आफू मातहतका जिल्ला अस्पतालहरुलाई शय्या निःशुल्क गर्न गत साउन २८ गते पत्राचार गरेको थियो । गत साउन २२ गते भएको मन्त्रालयको मन्त्रीस्तरिय बैठकले प्रादेशिक अस्पतालहरुमा बिरामी भर्ना सेवाका लागि शय्याहरु निःशुल्क गर्ने निर्णय गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एपीनको सुदूरपश्चिम र कैलाली समिति सर्वसम्मत गठन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
नारायणी अस्पताल घटना: तोडफोड र डाक्टरमाथि आक्रमण गर्नेलाई कडा कारबाही गर्ने मन्त्री मेहताको प्रतिबद्धता
-
करोडौँ लैजान्छ संघ सरकार, लाख कमाउन सङ्घर्ष गर्छन् पालिका
-
डीआर कंगोमा इबोला सङ्क्रमण ३२ सय नाघ्यो, १ हजार ४०५ जनाको मृत्यु
-
धनगढीमा आत्मदाहको प्रयास गरेकी युवतीको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण