लुम्बिनीमा आन्तरिक आय ६ अर्ब पुर्याउने लक्ष्य
तुलसीपुर । लुम्बिनी प्रदेश सरकारले आन्तरिक आम्दानीलाई बढाउने कसरत गरेको छ । अघिल्ला आर्थिक वर्षभन्दा यसवर्ष आन्तरिक आम्दानी बढाउने लक्ष्य राखिएको प्रदेश सरकारका अर्थ विज्ञ सुशान्त वैदिकले बताए । “हामीले यसवर्ष आन्तरिक आम्दानीलाई बढाउने गरी लक्ष्य राखेका छौँ”, उनले भने, “सोही अनुसारका योजना बनाइरहेका छौँ ।” उनका अनुसार लुम्बिनीमा गत आर्थिक वर्ष २०७९–८० मा रू दुई अर्ब ६० करोड ९५ हजार आम्दानी भएको थियो ।
कोष तथा लेखा नियन्त्रण कार्यालयका अनुसार यो आम्दानी लक्ष्यको ५० दशमलव १७ प्रतिशत हो । चालु आव २०८०–०८१ मा आन्तरिक आम्दानी वृद्धि गरेर छ अर्ब ७३ करोड ५१ लाख पुर्याउने लक्ष्य राखिएको प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले जानकारी दिए । लामो समय नवीकरण नगरेका सवारी साधनलाई कर छुट गरेर भए पनि करको दायरामा ल्याउने तयारी भइरहेको उनले बताए । यसबाट सवा एक अर्बले राजस्व वुद्धि हुने अपेक्षा गरिएको मन्त्री मास्कीले बताए ।
वन क्षेत्रको खोलाखोल्सी व्यवस्थापनबाट ७५ लाख क्युविकफिट वन पैदवार र नदीजन्य पदार्थ सङ्कलन गरी रू साढे एक अर्बले आम्दानी वृद्धी हुने लक्ष्य लिइएको उनको भनाइ थियो । उनका अनुसार गत आवमा वनबाट रू चौध करोड ६० लाख र सवारीसाधनबाट रू एक अर्ब ५५ करोड मात्रै आम्दानी भएको थियो ।
अर्थमन्त्री मास्कीका अनुसार घरजग्गालगायतको रजिष्ट्रेशन शुल्क, विज्ञापन, मनोरञ्जन तथा कृषि आयमा कर, पर्यटन शुल्क, प्राकृतिक स्रोतको सङ्कलन तथा बिक्री शुल्क, वातावरण तथा औद्योगिकरण व्यवस्थापन दस्तुर, राजस्वको बाँडफाँट र दाखिला, प्राइभेट तथा साझेदारी फर्म र पर्यटन व्यवसायसम्बन्धी विशेष व्यवस्थापनलगायत क्षेत्रबाट प्रदेश सरकारले आम्दानी लिँदै आएको छ ।
करको दर नभइ दायरालाई फराकिलो बनाइ राजस्वका स्रोत विस्तार, राजस्व प्रणालीमा सुधार र चुहावट नियन्त्रण गर्नेलगायत काम गरी विगतको तुलनामा आन्तरिक आम्दानीमा वृद्धि गर्ने लक्ष्य लिइएको मन्त्री मास्कीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले विधानमा युवालाई विशेष प्राथमिकतामा राखेको छ: महामन्त्री पौडेल
-
फिफाद्वारा फोलारिन बालोगनको प्रतिबन्ध निलम्बित, बेल्जियमविरुद्धको खेल खेल्न पाउने
-
दिलजीत दोसांझको फिल्म ‘सतलुज’ रिलिज भएको ४८ घण्टामै भारतमा ओटिटी प्लेटफर्मबाट हटाइयो
-
धार्मिक पर्यटन विकासका लागि ‘देवभूमि सर्किट’ : मन्त्री पौडेल
-
महिला टी–ट्वान्टी विश्वकप फाइनल: इंग्ल्यान्डले अस्ट्रेलियालाई दियो १५१ रनको लक्ष्य
-
उत्तर कोरियाद्वारा नयाँ हतियार ‘काङ कोन’ परीक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण