राष्ट्रिय मान्यता प्राप्त दलको बैठक आज पनि बस्ने तय
सोमबार, ०४ भदौ २०८०, ०५ : ४३

काठमाडौँ । संसदको अवरोध खुलाउने प्रयासस्वरुप राष्ट्रिय मान्यता प्राप्त दलको बैठक सोमबार पनि बस्ने तय भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा आइतबार बसेको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नआएपछि सामान्य छलफल गरेर सोमबार अपराह्न ४ बजेका लागि बैठक पुनः बोलाइएको माओवादी संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए ।
बैठक संसद् खुलाउने विषयमा सम्पूर्ण दल एकमत रहेको र यसबारेमा प्रमुख प्रतिपक्षी दलका नेता ओलीसँगपनि छलफल गरेर निचोडमा पुग्न आजका लागि अर्को बैठक बोलाइएको उनले बताए ।
सुन प्रकरणको छानबिनका लागि उच्चस्तरीय समितिको माग गर्दै गत साउन १० गतेदेखि एमालेले लगातार सदनको कारवाहीमा अवरोध गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुनजन्य विपद्को पूर्वतयारी चुस्त बनाउन स्थानीय तहलाई सरकारको परिपत्र
-
काठमाडौं महानगर क्षेत्रलाई निषेधित क्षेत्र बनाउने निर्णयको राप्रपाद्वारा कडा विरोध
-
बालाजु पौडी पोखरी सञ्चालनमा
-
शिवनाथमा उच्चशिक्षा अध्ययन गर्ने विद्यार्थीले छात्रवृत्ति पाउने
-
शरीरमा एक थोपा रगत भएसम्म देशका लागि लडिरहन्छौँ : राधिका शाक्य
-
थुम्के साहित्य महोत्सव–२०८२ सम्पन्न