राष्ट्रिय मान्यता प्राप्त दलको बैठक आज पनि बस्ने तय
सोमबार, ०४ भदौ २०८०, ०५ : ४३
काठमाडौँ । संसदको अवरोध खुलाउने प्रयासस्वरुप राष्ट्रिय मान्यता प्राप्त दलको बैठक सोमबार पनि बस्ने तय भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा आइतबार बसेको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नआएपछि सामान्य छलफल गरेर सोमबार अपराह्न ४ बजेका लागि बैठक पुनः बोलाइएको माओवादी संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए ।
बैठक संसद् खुलाउने विषयमा सम्पूर्ण दल एकमत रहेको र यसबारेमा प्रमुख प्रतिपक्षी दलका नेता ओलीसँगपनि छलफल गरेर निचोडमा पुग्न आजका लागि अर्को बैठक बोलाइएको उनले बताए ।
सुन प्रकरणको छानबिनका लागि उच्चस्तरीय समितिको माग गर्दै गत साउन १० गतेदेखि एमालेले लगातार सदनको कारवाहीमा अवरोध गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘सिकाइका नाममा श्रम शोषण बन्द गर’
-
राष्ट्रिय किताबखानाको कार्यक्षेत्र विस्तार : प्रहरी र शिक्षक किताबखाना शाखाका रूपमा गाभिए
-
बिहारमा विद्यार्थी आन्दोलन हिंसात्मक : प्रहरीद्वारा १० राउन्ड हवाई फायर, एसपी घाइते
-
इजरायली सेनाद्वारा वेस्ट ब्याङ्कमा आक्रमण : दर्जनौँ प्यालेस्टिनी पक्राउ
-
शिक्षामन्त्री प्रधानको राजीनामापछि जन्तर-मन्तरमा खुसीयाली (भिडियाे)
-
मुख्यमन्त्रीविरुद्ध दर्ता अविश्वासको प्रस्तावमाथि छलफल गर्न डाकिएको प्रदेशसभा बैठक बस्न ढिलाइ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण