नागपञ्चमीको बिदा : रुपन्देहीको सियारी गाउँपालिका छुट्टाछुट्टै विज्ञप्तिले अन्योल
बुटवल । आज नागपञ्चमीको अवसरमा रुपन्देहीको सियारी गाउँपालिकामा अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतले गरेको छुट्टाछुट्टै निर्णयले स्थानीय अन्योलमा परेका छन् । गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेले आज परेको नागपञ्चमीको अवसरमा विज्ञप्ति जारी गर्दै सार्वजनिक बिदा घोषणा गरेका छन् भने प्रमुख प्रशासकीय अधिकृत रोमनाथ न्यौपानेले सार्वजनिक बिदा नभएको भनेर अर्को विज्ञप्ति जारी गरेका छन् ।
गाउँपालिका अध्यक्ष घिमिरेले आइतबार जारी गरेको विज्ञप्तिमा लेखिएको छ –‘मिति २०८० साल भाद्र ४ गते सोमबार हिन्दु धर्मावलम्बीहरूको महान् पर्व साउन शुक्ल पञ्चमी (नागपञ्चमी व्रत) को पावन अवसरमा यस गाउँपालिका मातहतका वडा कार्यालयहरू आकस्मिक सेवा बाहेक (स्वास्थ्य संस्था), शैक्षिक संस्थाहरू एवं संघ संस्थाहरू लगायतका कार्यालयहरूमा सार्वजनिक बिदा हुने भएको ब्यहोरा अनुरोध छ ।’
सोही मितिमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतले भने बिदा नभएको कुरा विज्ञप्ति जारी गरी जानकारी गराएका छन् । उनले जारी गरेको विज्ञप्तिमा लेखिएको छ –‘मिति २०८०/०५/०४ गतेका दिन नागपञ्चमी सार्वजनिक बिदा नभएकोले सबै विद्यालयहरूले यथावत् रूपमा पठनपाठनको कार्य सुचारु गर्नुहुन सबै विद्यालयका प्रधानाध्यापक ज्यूहरूलाई जानकारी गरिन्छ ।’
यस विषयमा राताेपाटीले बुझ्न खोज्दा अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत सम्पर्कमा आउन चाहेनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले विधानमा युवालाई विशेष प्राथमिकतामा राखेको छ: महामन्त्री पौडेल
-
फिफाद्वारा फोलारिन बालोगनको प्रतिबन्ध निलम्बित, बेल्जियमविरुद्धको खेल खेल्न पाउने
-
दिलजीत दोसांझको फिल्म ‘सतलुज’ रिलिज भएको ४८ घण्टामै भारतमा ओटिटी प्लेटफर्मबाट हटाइयो
-
धार्मिक पर्यटन विकासका लागि ‘देवभूमि सर्किट’ : मन्त्री पौडेल
-
महिला टी–ट्वान्टी विश्वकप फाइनल: इंग्ल्यान्डले अस्ट्रेलियालाई दियो १५१ रनको लक्ष्य
-
उत्तर कोरियाद्वारा नयाँ हतियार ‘काङ कोन’ परीक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण