बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय
कार्यविभाजन

लुम्बिनीमा माओवादीले टुंग्यायो पालिकासम्मको जिम्मेवारी (सूचीसहित)

सोमबार, ०४ भदौ २०८०, १२ : ३३
सोमबार, ०४ भदौ २०८०

काठमाडौँ । माओवादी केन्द्रले ‘जनतासँग माओवादी विशेष रूपान्तरण’ तीन महिने अभियानका लागि लुम्बिनी प्रदेशमा नेताहरूको जिम्मेवारी तोकेको छ ।  पार्टीले स्थायी समिति सदस्य, केन्द्रीय सदस्य, प्रदेश पदाधिकारी र प्रदेश सदस्यहरूको कार्य विभाजन टुङ्ग्याएको हो ।

गत साउन ३२ गते केन्द्रीय उपाध्यक्ष  कृष्णबहादुर महराको रोहबरमा बसेको प्रदेशको बैठकले जिम्मेवारी टुङ्ग्याएको बताइएको छ ।

जसअनुसार रोल्पा जिल्ला इन्चार्जमा पूर्णबहादुर घर्ती, रुकुम पूर्वमा कमला रोक्का, बर्दियामा पूर्णकुमारी सुवेदी, बाँकेमा कुलप्रसाद केसी, दाङमा जयपुरी घर्ती इन्चार्ज तोकिएका छन् । त्यस्तै प्युठानमा निर्मल आचार्य, गुल्मीमा जोगबहादुर महरा, अर्घाखाँचीमा वामदेव क्षेत्री, पाल्पामा कृष्णध्वज खड्का, नवलपरासीमा हरि कुल्लाह खाँ, रुपन्देहीमा गणेशमान पुन र कपिलबस्तु इन्चार्जमा महेश्वर गहतराज अथक तोकिएका छन् । 

यस्तै बैठकमा १२ वटै जिल्लाको सांगाठनिक रिर्पोट सम्बन्धित जिल्ला संयोजनकहरूले प्रस्तुत गरेका थिए । अभियानको अनुगमन र स्कुलिङका लागि नेताहरू जगप्रसाद शर्मा अपार, नारायण अधिकारी र लक्ष्मी चौधरीलाई जिम्मा दिइएको छ । विभिन्न कारणले रिक्त रहेका जिल्लाहरूको जिल्ला संयोजक तोकिएको छ । 

जसमा रुकुम जिल्ला संयोजकमा रामसुर बुढा मगर, गुल्मी जिल्ला संयोजकमा युवराज के.सी. वसन्त, रोल्पा जिल्ला संयोजकमा पूर्ण के.सी.  र प्युठान जिल्ला संयोजकमा नवराज अधिकारी रोशनलाई तोकिएको छ । बैठकले पालिकाका इन्चार्जहरूको समेत टुङ्गो लगाएको छ । 

कसलाई कुन पालिकाको जिम्मेवारी ? सूची हेर्नुहोस्-

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप