आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय
राजनीति

माओवादीले कर्णाली प्रदेशमा कार्य विभाजन टुंग्यायो, क-कसले पाए जिम्मेवारी ?(सूचीसहित)

सोमबार, ०४ भदौ २०८०, १० : २८
सोमबार, ०४ भदौ २०८०

काठमाडौं । नेकपा(माओवादी केन्द्र) कर्णाली प्रदेशमा केन्द्रीय सदस्यहरूको कार्य विभाजन टुङ्गिएको छ । 

साउन ३० गते प्रदेश इन्चार्ज मातृका यादवको रोहबरमा बसेको बैठकले जिल्ला र पालिका इन्चार्जहरूको कार्य विभाजन टुङ्गो लगाएको हो । 

१० वटा जिल्ला रहेको कर्णाली प्रदेशमा हुम्लाको इन्चार्ज झकबहादुर मल्ल, मुगुको गोमा गौतम कुँवर, जुम्लाको छिमि लामा, कालिकोटको टेकबहादुर बस्नेत र दैलेखको गोपाल शर्मा इन्चार्ज छन् । 

यसैगरी सुर्खेतमा पूर्वमुख्यमन्त्रीसमेत रहेका महेन्द्रबहादुर शाही इन्चार्ज रहेका छन्, सोही जिल्लामा पूर्वमन्त्री बिन्दामान बिष्ट केन्द्रीय सदस्यको रूपमा रहेका छन् । 

त्यस्तै जाजरकोटमा बसन्त शर्मा, सल्यानमा नरेश भण्डारी, रुकुममा गगन खड्का र डोल्पामा नरबहादुर बिष्ट इन्चार्ज तोकिएका छन् ।

साउन (१७–२१)सम्म बसेको केन्द्रीय समितिको निर्णय बमोजिम अन्तरजिल्ला हेर्ने गरी केन्द्रीय सदस्यहरूको जिम्मेवारी हेरफेर गरिएको हो ।

यसैगरी प्रदेशभित्रका सबै नगरपालिका र गाउँपालिकाको जिम्मेवारीसमेत टुङ्गिएको छ । 

कुन नपा/गापाको इन्चार्ज को को छन् ?

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप