बुधबार, ०९ जेठ २०८१
ताजा लोकप्रिय
कार्यविभाजन

कोशीमा माओवादीको जिल्ला र पालिका इन्चार्ज तोकियो, क–कसलाई कहाँको जिम्मेवारी ? (सूचीसहित)

सोमबार, ०४ भदौ २०८०, ११ : ३५
सोमबार, ०४ भदौ २०८०

काठमाडौँ। माओवादी केन्द्रले  कोशी प्रदेशमा जिल्लादेखि पालिका इन्चार्जसम्मको जिम्मेवारी हेरफेर गरेको छ । केन्द्रीय  सदस्यसहित केन्द्रीय आयोगका सदस्य, केन्द्रीय ज्येष्ठ कम्युनिस्ट मञ्चका सदस्यरू, केन्द्रीय सल्लाहाकार सदस्य, केन्द्रीय परिषद सदस्य र केन्द्रीय विभागहरूका सदस्यहरूको कार्य विभाजन हेरफेर भएको हो । 

हालै माओवादी केन्द्रले अन्तरजिल्लाको जिम्मेवारी लिने गरी इन्चार्ज तोक्न सर्कुलर जारी गरेको थियो । केन्द्रीय समितिको निर्णय बमोजिम नेताहरूको जिम्मेवारी हेरफेर भएको हो । 

माओवादीले कोशी प्रदेश इन्चार्जको जिम्मेवारी चक्रपाणि खनाललाई दिएको छ । खनालकै संयोजनमा १० सदस्य प्रदेश सचिवालय गठन भइसकेको छ । 

जसमा अनुशासन आयोगका  अध्यक्ष टंक राई, लेखा आयोगका अध्यक्ष पेशल खतिवडा, सावित्रीकुमार काफ्ले, अजम्बर राई काङमाङ, धर्मशिला चापागाई, सुरेशकुमार राई, ईन्द्रबहादुर आङबो, शिवकुमार मण्डल, हर्कबहादुर नेम्वाङ सदस्य रहेका छन् ।

 यसैगरी १४ वटा जिल्ला रहेको कोशीको इन्चार्जहरूमा ताप्लेजुङमा सिता थेबे, पाँचथरमा भलकसिंह दर्लामी, इलाममा कुलप्रसाद साम्वा, झापामा राजेन्द्र कार्की, मोरङमा समिता कार्की, विराटनगर महानगरमा दुर्गाप्रसाद चापागाई, सुनसरीमा मणी खम्बु किराँती, तेह्रथुममा खेलप्रसाद बुढाक्षेत्री, धनकुटामा प्रदेश सचिवालय र संखसवासभामा हेमकुमार राई तोकिएका छन् । 

त्यस्तै भोजपुरमा शिवबहादुर बस्नेत, खोटाङमा चम्पा कार्की, सोलुखुम्बूमा  एकचन्द्र बराल, ओखलढुंगामा  धिरेन्द्र शर्मा र उदयपुरमा धनमाया विक. इन्चार्ज तोकिएका छन् । 

केन्द्रीय ज्येष्ठ कम्युनिस्ट मञ्च सदस्यहरू, केन्द्रीय सल्लाहाकार सदस्यहरू, केन्द्रीय परिषद सदस्यहरू र केन्द्रीय विभाग सदस्यहरूको सम्बन्धित जिल्ला पालिका–वडाको अभियानमा जोडिने गरी कार्य विभाजन गरिएको छ ।

नेताहरुको पालिका–वडा कार्य विभाजन निम्नानुसार गरिएको छ -

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप