कोशी प्रदेशकी उपसभामुख सिर्जना दनुवार गंगालाल अस्पतालमा भर्ना
सोमबार, ०४ भदौ २०८०, १७ : ०१
काठमाडौँ । कोशी प्रदेश सभाकी उपसभामुख सिर्जना दनुवार शहीद गंगालाल हृदय केन्द्रमा भर्ना भएकी छन् । मुटुसम्बन्धी रोग लागेको आशंकामा उनलाई भर्ना गरी उपचार सुरु गरिएको हो ।
शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रका निर्देशक डा.चन्द्रमणि अधिकारीका अनुसार सृजना रेफरल केसका रुपमा आएपछि अस्पतालमा भर्ना गरिएको हो ।
उनलाई भर्ना गरी विभिन्न स्वास्थ्य परीक्षणको काम भइरहेको र शंका गरिएको रोग हो कि होइन यकिन गरी रोग देखिएमा उपचार गर्ने र रोग नदेखिएमा डिस्चार्ज गर्ने निर्देशक अधिकारीले रातोपाटीलाई बताए ।
उपसभामुख दनुवारलाई के रोग लागेको हो वा रोग लागेको शंका गरिएको हो भन्ने सम्बन्धमा भने डा.अधिकारीले बिरामीको गोपनियताका कारण त्यस्तो भन्न नमिल्ने बताए ।
यद्यपि शंका गरेको रोग लागेको हो कि होइन भन्ने सम्बन्धमा स्वास्थ्य परीक्षण भइरहेको अधिकारीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदेश स्थापना यता ७११ किलोमिटर सडक कालोपत्रे, निर्माणमा सुस्तता
-
सडकछेउको भान्सा : तीर्थयात्राको संस्कृति
-
काभ्रेको नदी-तटीय क्षेत्रमा मौसम मापन उपकरण राखिँदै
-
गाउँको ‘सापटी’ चलनलाई प्रविधिमा ढालेर भारतमा तहल्का मच्चाउने दीपेश
-
नेपालको आँखा स्वास्थ्य सेवामा फड्कोः ‘गुणस्तर सुनिश्चित प्रणाली कार्यान्वयन’ गरिँदै
-
ट्युनिसयाविरुद्ध स्विडेनको सहज जित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण