मिलेरै अगाडि बढ्न मुख्यमन्त्री थापाको आग्रह
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले सहमतीय सरकार अहिले पनि आवश्यक भएको बताएका छन् । प्रदेशसभामा आफूले राखेको विश्वासको मतसम्बन्धी प्रस्ताव उपर विपक्षीले उठाएको प्रश्नको जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन् । उनले प्रदेशलाई दुर्घटनाबाट जोगाउनका लागि विपक्षी दल एमाले र राप्रपाको भूमिका महत्वपूर्ण हुन्छ भनेर भन्दा पनि सम्भव नभएको बताए ।
प्रदेशसभाको ठूलो दलको सरकारले विश्वासको मत लिन नसकेपछि आफूले दोस्रो दलको तर्फबाट नेतृत्व गर्ने कोशिष गरेको उनले बताए । पहिलो दलले सरकारको नेतृत्व गर्न नसकेपछि काँग्रेस अगाडि बढेको उनको भनाइ थियो । पहिलो कार्यकालमा आफूले शपथग्रहण गरेको दोस्रो दिनमै सर्वोच्चमा मुद्दा परेको विषय उप्काउँदै उनले अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको पनि स्मरण गरे ।
पहिलो कार्यकालमा आफूले मुख्यमन्त्रीको कुर्सीभन्दा पनि सर्वोच्चको ढोका पुग्नु परेको गुनासो गरे । त्यस समयमा प्रदेशका सर्वसाधरण बाढी, पहिरो र डुबानले अस्तव्यस्त हुनुपरेको अवस्था रहेको बताउँदै, लम्पीस्किन, डेंगुजस्ता महामारी हुँदा पनि सरकारले काम गर्न नसक्ने अवस्थामा पुगेको बताए । उनले सबैदल मिलेर सहकार्य गरेर सहमति गरेर अगाडि नबढेसम्म केही हुनै नसक्ने बताउँदै मिलेर अगाडि बढ्न अनुरोध गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कागबेनी–मुक्तिनाथ सडक स्तरोन्नति सुरु
-
संसदीय भूमिका प्रभावकारी बनाउन नेकपाका सांसदलाई प्रशिक्षण
-
नेपाललाई विद्युत् तथा प्रविधि–आधारित अर्थतन्त्रतर्फ अघि बढाउनुपर्नेमा अध्यक्ष अग्रवालको जोड
-
भन्सार छलीको आशङ्कामा कोरोला नाकाबाट भित्र्याइएका ईभी गाडी सशस्त्रको नियन्त्रणमै, तस्बिरहरू
-
१३ प्रमुख जिल्ला अधिकारीसहित १८ सहसचिवकाे सरुवा, काे कहाँ ? (सूचीसहित)*
-
रास्वपाले गठन गर्यो ७७ वटै जिल्लामा निर्वाचन समिति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण