९ जिल्लामा गगन शेखरनिकट महिला संघको समानान्तर कमिटी घोषणा
काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल महिला संघभित्र विवाद बढ्दै गएको छ । महिला संघका अध्यक्ष उषा राउत मिश्रले ९ जिल्लाका अध्यक्ष हटाएपछि नयाँ अध्यक्ष तोकेपछि शेखर कोइराला र गगन थापा पक्षले समानान्तर कार्यसमिति घोषणा गरेको हो ।
शेखर–गगन निकट महिला संघको टोलीले सिरहामा मीनाकुमारी थापामगर, सोलुुखुम्बुमा छिल्यामु शेर्पा, ताप्लेजुङमा मातृकादेवी प्रसाइ, महोत्तरीमा अनिता शर्मा, बारामा कवितादेवी कलवार, पर्सामा विद्या श्रेष्ठ, कास्कीमा शारदा गिरि, नवलपरासी पश्चिममा मिठ्ठु केसी र हुम्लामा ज्ञानु रोकायालाई अध्यक्ष घोषणा गरेको छ ।
‘नेपाली कांग्रेसले विधिको शासन, लोकतान्त्रिक व्यवस्था र नागरिक स्वतन्त्रताका लागि संघर्ष गर्दै आएको विषय दोहोर्याई रहनुपर्दैन । हामीले अवलम्बन गरेको लोकतान्त्रिक व्यवस्था र शासन विधिबाट सुनिश्चित गरिने प्रणाली हो । यस प्रणालीलाई सञ्चालन गर्ने राजनीतिक दलहरूले आफूलाई पनि विधिपूर्वक सञ्चालन गर्नुपर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।
अध्यक्ष मिश्रले गरेको एकलौटी निर्णय सच्याउन स्वंयम् अध्यक्ष र पार्टी नेतृत्वको ध्यानाकर्षण गराउँदा समेत सुनुवाइ नभएको उनीहरुको भनाइ छ । कांग्रेस नेतृत्वले भातृसंस्थाहरू विधिपूर्वक चलाउन नसकेको विज्ञप्तिमा उल्लेख छ ।
‘नेपाल महिला संघको केन्द्रीय तदर्थ समितिको अध्यक्ष उषा राउत मिश्रले विनाकारण विधि पद्दति र विधान विपरित तपाईंलाई हटाई अर्को व्यक्तिलाई जिल्ला अध्यक्ष बनाएको भन्ने कुरा सामाजिक सञ्जालमार्फत प्रचार गरियो,’ जिल्ला पठाएको पत्रमा भनिएको छ ।
ध्यानाकर्षण गराउँदा समेत संस्थालाई विधिमा सञ्चालन गर्न पहल नगरिएको भन्दै समानान्तर कार्यसमिति घोषणा गर्नु परेको उनीहरूको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालसुधार गृहका बालकमा छाला रोगको सङ्क्रमण
-
माइक्रोबस दुर्घटना हुँदा ८ जना घाइते
-
आयुर्वेद चिकित्सा परिषद् रजिस्ट्रार नियुक्ति प्रक्रिया विवादमा, अन्तिम समयमा थपिए नयाँ उम्मेदवार
-
महाराजगञ्जमा ईभी माइक्रोले ८ वटा गाडीलाई ठक्कर दियो, एक जनाको मृत्यु
-
किसानहरूले पाए केराको उचित मूल्य
-
खुला सीमा नाकालाई सुरक्षित र प्रविधिमैत्री बनाउन गृह मन्त्रालयलाई निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण