सुदूरपश्चिमेलीको गौरापर्व सुरु
बैतडी । सुदूरपश्चिममा आजदेखि गौरापर्व सुरु भएको छ । गौरा सुदूरपश्चिमेलीहरूको मुख्य पर्व पनि भएकाले गाउँघरमा चहलपहल बढेको छ ।
पौराणिक कालमा भगवान् महेश्वरको प्राप्तिका लागि गौरादेवी अर्थात् पार्वतीले निराहार नित्य आराधना गरी भगवान् शिवलाई पतिका रूपमा प्राप्त गरेको विश्वास गरिन्छ । त्यति बेलादेखि गौरा र महेश्वरको विवाहको सम्झनास्वरूप यो पर्व मनाउने परम्परा चल्दै आएको छ ।
गौरा पर्वको पहिलो दिन महिलाहरूले तामा वा पित्तलका भाँडामा पाँच प्रकारका अन्न बिरुँडा भिजाएका छन् । बर्तालु महिलाहरूले शिव पार्वतीको गाथामा आधारित फागहरू गाएर सामूहिकरूपमा बिरुँडा भिजाउने चलन रहिआएको छ ।
गौरापर्व सुदूरपश्चिमको मौलिक चाडसमेत हो । यो पर्वमा खास गरेर विवाहित महिलाहरूले व्रत बसेर शिव र पार्वतीको उपासना गर्ने गर्दछन् । बिरुँडा पञ्चमीकै दिनदेखि बर्तालु महिलाहरूले गौराको पूजाआजा गर्ने गरेका बैतडीको दोगडाकेदार–३ श्रीकोट सुनखोलाका कमला जोशीले बताइन् ।
यहाँका महिलाले गहुँ, केराउ, गहत, मास र गुराउँस मिसाएर तामा वा पित्तलका भाडामा बिरुँडा भिजाएका छन् । पञ्चमीका दिन भिजाएका बिरुडालाई षष्ठीका दिन नजिकका धारा वा तलाउमा लगेर धुने चलन छ । सप्तमीका दिनमा गौरालाई भित्र्याउने चलन छ । गौराको मुख्य दिन दुर्वाष्टमी अर्थात् अठ्याबालीका दिन गौराखलामा लगेर पूजा गर्ने चलन रहिआएको छ ।
यो वर्ष ज्योतिषहरूबीच विवादका कारण दुई गौरा भएका छन् । केही ठाउँमा आजदेखि गौरापर्व सुरु गरिएको छ भने केही ठाउँमा भदौ १८ गतेदेखि गौरा पर्व सुरु हुने भएको छ । गौरापर्व भाद्र शुक्ल अथवा कृष्ण पक्षमा पर्ने भन्दै यहाँका अधिकांश ज्योतिषीहरूले पञ्चाङ्ग निर्णायक विकास समितिले गौराका लागि तय गरेको तिथिप्रति असन्तुष्टि जनाएका छन् ।
तर भदौ २१ गते अगस्ती उदय भइसक्ने भएकाले भदौ ७ गते नै गौरा मनाउनुपरेको ज्योतिषी डिल्लीराज जोशीले बताए । भदौ ७ गते गौरा मनाउने ठाउँमा आजदेखि गौरापर्व सुरु भएको छ । गौरा पर्वको पहिलो दिन बिरुँडा पञ्चमीमा घर–घरमा महिलाले तामाका भाडामा पाँच प्रकारका अन्न भिजाएर पर्वको थालनी गरेका हुन् ।
शुक्लपक्षमा परेको गौरालाई उजेली गौरा र कृष्णपक्षमा परेको गौरालाई अधेरी गौरा भन्ने चलन रहिआएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण