जनतासँग कांग्रेस अभियान स्थगित गर्ने पदाधिकारी बैठकको निर्णय
काठमाडौं । नेपाली कांग्रेसले भदौ १० देखि २४ सम्म सञ्चालन गर्ने भनिएको जनतासँग कांग्रेस अभियान स्थगित गरेको छ ।
पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको पदाधिकारी बैठक जनतसँग कांग्रेस अभियान स्थगित गरेको हो ।
मुख्यसचिव कृष्णप्रसाद पौडेलले रातोपाटीलाई भने, 'जनतासँग कांग्रेस अभियानमा जनप्रतिनिधि पनि सहभागी हुनुपर्छ । संसद् चलिरहेको छ । अर्कातिर बर्खामा कार्यक्रम गर्न पनि सहज छैन भनेर केही समयका लागि भदौ १० देखि २४ सम्मको अभियान तत्कालका लागि स्थगित गरिएको छ ।' उक्त अभियानका अर्को मिति आगामी दिनमा बस्ने बैठकबाट तय हुने उनको भनाइ छ ।
पौडेलका अनुसार पदाधिकारीबीच भएको छलफलमा २० देखि ३० साउनसम्म भएको पार्टी सङ्गठन सुदृढीकरण अभियानको समीक्षा भएको थियो । अभियानले कांग्रेसलाई गतिशील बनाउने छलफलको निष्कर्ष रहेका उनले बताए । पार्टी भ्रातृ संस्थालाई सङ्गठन विस्तारका लागि व्यापक परिचालन गर्नेबारे पनि पदाधिकारी बैठकले निर्णय गरेको छ । पदाधिकारीको छलफल राष्ट्रिय राजनीतिभन्दा पार्टीको आन्तरिक विषयमै केन्द्रित भएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उद्योग मन्त्रालयको १०० दिने कार्यप्रगति विवरणमा केके छन् ?
-
मुख्यमन्त्री कार्यालयमा ‘कन्सल्टेन्ट मोह’
-
यस्तो छ ऊर्जा मन्त्रालयको सयदिने उपलब्धि
-
भोजपुर पूर्णखोप सुनिश्चित जिल्ला घोषणा
-
साढे ४३ करोड वक्यौता असुली, विदेशमै लुक्ने त्रिविका ४०० प्राध्यापकबाट १३ करोड असुल
-
पपुलिजमको आडमा सरकार अधिनायकवादतर्फ उन्मुख भयो : पोखरेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण