बिपी साहित्य महोत्सव गर्ने कांग्रेसको निर्णय
मङ्गलबार, ०५ भदौ २०८०, १४ : १२
काठमाडौँ । नेपाली कांग्रेसले बिपी साहित्य भव्यरुपमा मनाउने भएको छ । मंगलबार पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको पदाधिकारी बैठकले बिपी साहित्य महोत्सव गर्ने निर्णय गरेको हो ।
कांग्रेसले बिपी कोइरालाको जन्म जयन्तीका अवसरमा भदौ २४ देखि २६ गतेसम्म काठमाडौँमा बिपी साहित्य महोत्सव गर्ने भएको छ । बिपी जन्म जयन्ती भदौ २४ गते रहेको छ ।
यसअघि साउन १० गतेको केन्द्रीय समिति बैठकले पनि बिपी साहित्य महोत्सव बनाउने निर्णय गरेको थियो ।
पदाधिकारी बैठकले समुदायसँग कांग्रेस अभियान स्थगित गरेर बिपी साहित्य महोत्सव कार्यक्रम तय गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उद्योग मन्त्रालयको १०० दिने कार्यप्रगति विवरणमा केके छन् ?
-
मुख्यमन्त्री कार्यालयमा ‘कन्सल्टेन्ट मोह’
-
यस्तो छ ऊर्जा मन्त्रालयको सयदिने उपलब्धि
-
भोजपुर पूर्णखोप सुनिश्चित जिल्ला घोषणा
-
साढे ४३ करोड वक्यौता असुली, विदेशमै लुक्ने त्रिविका ४०० प्राध्यापकबाट १३ करोड असुल
-
पपुलिजमको आडमा सरकार अधिनायकवादतर्फ उन्मुख भयो : पोखरेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण