सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

एमसीसी कार्यान्वयन हुन नदिने क्रान्तिकारी कम्युनिस्ट पार्टीको चेतावनी

मङ्गलबार, ०५ भदौ २०८०, १५ : २१
मङ्गलबार, ०५ भदौ २०८०

काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) कार्यान्वयन हुन नदिने चेतावनी दिएको छ । 

प्रजातन्त्र सुदृढीकरणको नाममा नेपाललाई अमेरिकाले सैन्य अखडा बनाउन खोजेको आरोप लगाउँदै सो पार्टीले एमसीसी कार्यान्वयन हुन नदिने चेतावनी दिएको हो । 

मंगलबार काठमाडौँमा भएको अन्तर्कियामा एमसीसी कार्यान्वयन हुन दिन देशव्यापी विरोध प्रदर्शनको कार्यक्रम ल्याउने नेता धर्मेन्द्र बास्तोलाले  जानकारी दिए ।

‘अमेरिकाले नेपालमा सैन्य क्याम्प राखेर भारतलाई नियन्त्रणमा राख्ने र चीनलाई ध्वस्त पार्ने गरी एमसीसीलाई इन्डो–प्यासेफिक सैन्य रणनीति (आईपीएस) अन्तर्गत एमसीसी आएको छ । यसलाई खारेज गर्नुपर्छ’, बास्तोलाले भने । 

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले समेतले जनतालाई गुम्राहमा राखेर एमसीसी अनुमोदन गराउन भूमिका खेलेको उनले आरोप लगाए । 

उनले बुधवार राजधानीको शान्तिबाटीकामा एमसीसीविरूद्ध विरोध प्रदर्शन गर्ने पनि जानकारी दिए । 

 बिस्तारै क्रान्तिकारी कम्युनिस्ट पार्टी र देशभक्तहरूबिच सहकार्य गरेर देशव्यापी आन्दोलनको कार्यक्रम ल्याउने तयारी भएको बास्तोलाले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप