एमसीसी कार्यान्वयन हुन नदिने क्रान्तिकारी कम्युनिस्ट पार्टीको चेतावनी
काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) कार्यान्वयन हुन नदिने चेतावनी दिएको छ ।
प्रजातन्त्र सुदृढीकरणको नाममा नेपाललाई अमेरिकाले सैन्य अखडा बनाउन खोजेको आरोप लगाउँदै सो पार्टीले एमसीसी कार्यान्वयन हुन नदिने चेतावनी दिएको हो ।
मंगलबार काठमाडौँमा भएको अन्तर्कियामा एमसीसी कार्यान्वयन हुन दिन देशव्यापी विरोध प्रदर्शनको कार्यक्रम ल्याउने नेता धर्मेन्द्र बास्तोलाले जानकारी दिए ।
‘अमेरिकाले नेपालमा सैन्य क्याम्प राखेर भारतलाई नियन्त्रणमा राख्ने र चीनलाई ध्वस्त पार्ने गरी एमसीसीलाई इन्डो–प्यासेफिक सैन्य रणनीति (आईपीएस) अन्तर्गत एमसीसी आएको छ । यसलाई खारेज गर्नुपर्छ’, बास्तोलाले भने ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले समेतले जनतालाई गुम्राहमा राखेर एमसीसी अनुमोदन गराउन भूमिका खेलेको उनले आरोप लगाए ।
उनले बुधवार राजधानीको शान्तिबाटीकामा एमसीसीविरूद्ध विरोध प्रदर्शन गर्ने पनि जानकारी दिए ।
बिस्तारै क्रान्तिकारी कम्युनिस्ट पार्टी र देशभक्तहरूबिच सहकार्य गरेर देशव्यापी आन्दोलनको कार्यक्रम ल्याउने तयारी भएको बास्तोलाले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीको प्राविधिक समूहमा सईबाट वरिष्ठ सईमा बढुवा सिफारिस
-
इच्छाराज तामाङको बदमासीले सिभिल मलमा स्वामित्वको चक्रव्यूह
-
लागुऔषध खैरो हेरोइनसहित १० जना पक्राउ
-
भारत भ्रमणबाट फर्किएपछि रविले भने, ‘परराष्ट्र नीति पार्टीको हुँदैन, देशको हुन्छ’
-
‘तपाईं प्रधानमन्त्री बन्ने हल्ला छ नि ?’ भन्ने प्रश्नमा रविले दिए यस्तो जवाफ
-
रमा तिवारीको हत्यामा संलग्न आरोपमा भारतीय युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण