सुशासनको जस लिन प्रचण्ड र नारायणकाजीबीच प्रतिस्पर्धा चलेको छ : सीपी गजुरेल
काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका नेता सीपी गजुरेलले सरकारमा राम्रो काम गरेको जस लिन प्रचण्ड र नारायणकाजी श्रेष्ठबीच प्रतिस्पर्धा चलिरहेको आरोप लगाएका छन् ।
एकातिर सुशासनको कुरा गरेर जनता फकाउने अर्कोतिर भित्रभित्रै सम्झौता गरेर भ्रष्टाचरीहरूलाई चोख्याउने काम भइरहेकाले प्रचण्ड सरकार बदनाम भएको उनको जिकिर छ ।
‘सरकारले गरेका राम्रो कामको जस लिन प्रचण्ड र नारायणकाजीबीच अघोषित प्रतिस्पर्धा नै चलेको छ’, मंगलबार राजधानीमा भएको अन्तर्क्रिया कार्यक्रममा उनले भने, ‘वर्तमान राज्यप्रणाली रहेसम्म प्रचण्ड, नारायणकाजी कोही सफल हुने छैनन् । यी सबै जनताको आँखामा छारो हाल्ने खेल हो ।’
त्यस्तै द्वन्द्वकालीन मुद्दाको विषयमा सम्पूर्ण माओवादी घटकहरू एकठाउँमा उभिने उनले बताए । जनयुद्धकालीन मुद्दालाई अदालतमा प्रवेश गराउने, माओवादी आन्दोलनलाई असफल पार्ने, नेताहरूलाई पक्राउ गर्ने जस्ता काम भए आफूहरू चुपलागेर नबस्ने चेतावनी दिए ।
‘द्वन्द्वकालीन मुद्दाको विषयमा माओवादी केन्द्रसहित सम्पूर्ण घटकहरूबीच सहकार्य हुन्छ । माओवादीले लडेर ल्याएको व्यवस्थामा माओवादीमाथि नै मुद्दा लगाउने सह्य हुँदैन । यदि त्यस्तो भएमा नेपालमा अर्को जनविद्रोह हुन्छ’, उनले भने ।
क्रान्तिकारी माओवादीबीच तत्काल एकता भएपनि माओवादी केन्द्रबीच एकता सम्भव नभएको गजुरेलको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण