सुशासनको जस लिन प्रचण्ड र नारायणकाजीबीच प्रतिस्पर्धा चलेको छ : सीपी गजुरेल

काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका नेता सीपी गजुरेलले सरकारमा राम्रो काम गरेको जस लिन प्रचण्ड र नारायणकाजी श्रेष्ठबीच प्रतिस्पर्धा चलिरहेको आरोप लगाएका छन् ।
एकातिर सुशासनको कुरा गरेर जनता फकाउने अर्कोतिर भित्रभित्रै सम्झौता गरेर भ्रष्टाचरीहरूलाई चोख्याउने काम भइरहेकाले प्रचण्ड सरकार बदनाम भएको उनको जिकिर छ ।
‘सरकारले गरेका राम्रो कामको जस लिन प्रचण्ड र नारायणकाजीबीच अघोषित प्रतिस्पर्धा नै चलेको छ’, मंगलबार राजधानीमा भएको अन्तर्क्रिया कार्यक्रममा उनले भने, ‘वर्तमान राज्यप्रणाली रहेसम्म प्रचण्ड, नारायणकाजी कोही सफल हुने छैनन् । यी सबै जनताको आँखामा छारो हाल्ने खेल हो ।’
त्यस्तै द्वन्द्वकालीन मुद्दाको विषयमा सम्पूर्ण माओवादी घटकहरू एकठाउँमा उभिने उनले बताए । जनयुद्धकालीन मुद्दालाई अदालतमा प्रवेश गराउने, माओवादी आन्दोलनलाई असफल पार्ने, नेताहरूलाई पक्राउ गर्ने जस्ता काम भए आफूहरू चुपलागेर नबस्ने चेतावनी दिए ।
‘द्वन्द्वकालीन मुद्दाको विषयमा माओवादी केन्द्रसहित सम्पूर्ण घटकहरूबीच सहकार्य हुन्छ । माओवादीले लडेर ल्याएको व्यवस्थामा माओवादीमाथि नै मुद्दा लगाउने सह्य हुँदैन । यदि त्यस्तो भएमा नेपालमा अर्को जनविद्रोह हुन्छ’, उनले भने ।
क्रान्तिकारी माओवादीबीच तत्काल एकता भएपनि माओवादी केन्द्रबीच एकता सम्भव नभएको गजुरेलको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विपन्न नागरिकका लागि बर्दघाटमा कपडा बैङ्क स्थापना
-
रवीन्द्र मिश्र रिहा, तस्बिरमा हेर्नुहोस्
-
डाक्टरको सरूवामा संघ र प्रदेशबिच शक्ति संघर्ष : संघको निर्देशन लत्याउँदै लुम्बिनी सरकार
-
तीन लाख धरौटी बुझाएर छुटे रवीन्द्र मिश्र
-
बजेटको सँघारमा पनि स्थानीय तहमा छैन उत्साह, सरकारमाथिको अविश्वासले खुम्चिँदै आकार
-
रवीन्द्र मिश्रलाई तीन लाख धरौटीमा छाड्न अदालतको आदेश